धनुषामा दलित बालिका बलात्कार गर्ने बद्रीनाथ साह पक्राउ

दलित अनलाईन २५ भाद्र २०७७, बिहीबार १६:०७

जनकारपुर—  धनुषामा १४ वर्षीया दलित बालिकालाई जबर्जस्ती करणी गर्ने ५६ वर्षीय बद्रीनाथ साहलाई प्रहरीले पक्राउ गरेकोछ ।

उजुरी परेको चार दिनपछि प्रहरीले लक्ष्मीनिया गाउँपालिका– २, सिनुरजोडाका बुधन भनिने बद्रीनाथ साहलाई बुधबार बेलुकी पक्राउ गरेको हो ।

भदौ २० गते बेलुका करिब ७ बजे आफ्नो पसलमा बोलाएर बद्रीनाथ साहले बालिकालाई चाउचाउको कार्टुन स्टोरमा पुऱ्याउन लगाई सटर लगाएर पछिपछि गई बन्द कोठामा बालिकामाथि जबर्जस्ती गरेको थिए । इलाका प्रहरीले उजुरी नलिएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिएका थिए ।

पीडितकी आमाले थाहा पाएपछि २१ भदौमै नजिकै रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी गरेकी थिइन् । तर, प्रहरी, स्थानीय जनप्रतिनिधि र छिमेकीले पैसामा मिल्न दबाब दिएका उनले गुनासो गरिन् । ‘दलित भनेर हाम्रो इज्जतमाथि खेल्ने कोसिस भयो, इलाका प्रहरीले पनि उजुरी लिएन, उल्टै गाउँमै मिल्नु भनेर दबाब दिए, २५ हजार रुपैयाँको प्रलोभन देखाए,’  उनले भनिन् ।

बलात्कारजस्तो जघन्य अपराध हुँदासमेत जनप्रतिनिधि, गाउँले र स्थानीय प्रहरीसमेत मिलेर गाउँमै मिलाउन खोजेको पाएपछि बिहीबार आफूहरूले प्रहरीलाई दबाब दिएको धनुषाका दलित अधिकारकर्मी चन्देश्वर दासले बताए ।

बिहीबार बेलुकी सादा पोसाकमा खटिएको प्रहरीले महोत्तरीको मठिहानीमा लुकिछिपि बसिरहेका साहलाई पक्राउ गरी धनुषा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank