गुरुकुलमा दलितहरु पढ्न पाउनुपर्ने माग गर्ने चन्द्रकान्त पौडेलमाथि विभेद

दलित अनलाईन १९ भाद्र २०७७, शुक्रबार १५:५५

बागलुङ — बाग्लुङ नगरपालिका–४ कुडुले फेदिमा रहेको श्री मुक्तिनाथ संस्कृत पाठशालामा दलित समुदायहरुले पढ्न पाउनुपर्ने माग उठाउँदै आएका आचार्य चन्द्रकान्त पौडेलमाथि विभेद भएको छ ।
संस्कृत पाठशालामा दलित समुदाय र सबै जातले पढ्न पाउनुपर्ने माग उठाउँदै आएका आचार्य पौडेलेमाथि कमल नयन आचार्य र ऋषि प्रपन्नाचार्यको नेतृत्वमा गैरदलितहरुले जातीय मुद्दा उठाएको भन्दै आक्रमण गरी विभेद भएको हो ।

समानता र सामाजिक न्यायको लागि सबै जात एउटै भएको र सबै जातका मानिसहरुले समान शिक्षा लिनु पाउनुपर्ने भन्दै गुरुकुलमा दलित समुदायहरुले पनि पढ्न पाउनुपर्छ भनेर आवाज उठाउँदा आफुमाथि योजनाबद्ध रुपमा आक्रमण गर्ने गरी गैरदलितहरुको हुल आएर अपशब्द बोल्दै विभेद गरेको आचार्य चन्द्रकान्त पौडेलले बताए ।

सामाजिक न्यायका लागि सबै समुदायले गुरुकुलमा पढ्न पाउनुपर्छ भन्दा आफुमाथि केही व्यक्तिहरुले योजनाबद्ध रुपमा आक्रमण गर्ने दाउपेचले विरोधमा उत्रिएको र सत्यको विजय भन्दै नाममा गलत संस्कार बोक्ने व्यक्तिहरु नै विनाशको दिशामा जाने बताए । उनले गैरदलितहरुलाई केही व्यक्तिले गलत रुपमा प्रयोग गरेको मानवमानव समुदायबीचमा छुवाछूतलाई मलजल गर्ने र व्यक्ति व्यक्तिबीचमा विभेद कामय गर्ने पन्चेहरु समाजमा व्यप्त रहेको आचार्य पौडेलले विश्लेषण गरे । ‘मैले गुरुकुलमा दलित समुदायले पढ्नु पाउनुपर्छ भन्दा केही व्यक्तिको इसारामा मलाई योजनाबद्ध रुपमा आक्रमण गर्न आए, समयमै प्रहरी र दलित अधिकारकर्मीहरुको उपस्थितिले ठूलो घटना हुन पाएन् ।’

जिल्ला प्रहरी कार्यालय बागलुङ्गमा पटक पटक आचार्य पौडेललाई कारबाही गराउने गरी उजुरी दर्ता गराउँदै छलफल गर्ने बाहनामा पौडेलमाथि कारबाहीको रणनीति अपनाएर आक्रमण गर्ने प्रयास गरेपनि उनीमाथि आक्रमण हुन सकेको छैन ।
दलित समुदायको पक्षमा आवाज उठाउँदा आचार्य चन्द्रकान्त पौडेलमाथि गैर दलित समुदायको केही पुरातन चिन्तन बोकेका व्यक्तिहरु आक्रमण गर्ने शैलीमा उत्रिनु गलत भएको बागलुङ्गका दलित अधिकारकर्मीहरुले बताएका छन् ।

नेपालको संविधानले दिएको शिक्षामाथिको अधिकारलाई केही व्यक्तिले धर्मका नाममा दलित समुदायहरुलाई शिक्षा लिनबाट बञ्चित गरेको र दलित समुदायलाई गुरुकुलमा शिक्षा दिनुपर्छ भनेर आवाज उठाउने आचार्य पौडेलमाथि विभेद गरी आक्रमणको प्रयास गर्नु राज्यको लागि नै विडम्बना भएको भन्दै घटनाको घोर भत्र्सना संयुक्त दलित राजनीतिक संघर्ष समिति बागलुङ्गले जनाएको छ । संयोजक टिकाकुमारी विश्वकर्माबाट जारी विज्ञप्तीमा भनिएको छ : सबै समुदायले समान शिक्षा लिन पाउनुपर्छ भनेर आवाज उठाउने आचार्य चन्द्रकान्त पौडेलमाथि भएको विभेद र आक्रमणको प्रयास सिंग्रो दलित समुदायप्रति अपमान र विभेद हो ।

शिक्षा प्राप्त गर्ने मानिसकोे नैसर्गिक अधिकारलाई कसैले कुठित गर्न कानुनले कसैलाई छुट नदिएको र आचार्य पौडेलमाथि आक्रमणको प्रयास गर्ने र आक्रमण गर्न पठाउने व्यक्तिहरुलाई कानुनी रुपमा कारबाही गर्नुपर्ने अधिवक्ता यम चर्मकारले बताए ।

को हुन चन्द्रकान्त पौडेल ?

मुक्तिनाथ वेदविद्याश्रम कुडुलेफेदी, बाग्लुङका बारेमा ज्योतिष,पण्डित, पत्रकार, सङ्गीतकार, गायक, भागवतवाचक विविधले चिनिने चन्द्रकान्त पौडेल (सन्तोष) सँस्कृत भाषाका प्रेमी र विद्वान् पनि हुन्।
उनी पूर्वीय दर्शनको प्रचार प्रसार पनि गर्छन् । विभिन्न टेलिभिजन, एफएम आदिमा ज्योतिष पूर्वीय दर्शन आदिका बारेमा उनले पूर्वीय दर्शनलाई चिनाउने कार्यक्रमहरु समेत चलाउने गर्छन् । बाग्लुङको कुडुलेफेदीमा जन्मिएका चन्द्रकान्त पौडेलले सँस्कृतको विशेष अध्ययन स्वामी श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रम दिल्लीमा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank