भोक विरुद्धको अभियान जाजरकोटमा सुरु

लोकेन्द्र बिश्वकर्मा १८ भाद्र २०७७, बिहीबार २२:५२

जाजरकोट— वषौ वर्षदेखि भोकमरीको चपेटामा परेका जाजरकोटका दलित तथा विपन्न समुदायहरु यतीबेला गाँसको खोजिमा रहेका छन । दिनभरी कामको खोजीमा रहने यी वस्तीहरुलाई बेलुकमा चुलो नबल्ने हो कि, भनेर मनमनै डर पैदा हुन्छ ।

जिल्लाका दलित तथा विपन्न वस्तीहरुलाई गाँसको संकट परेका बेलामा सामाजिक अभियन्ता तथा जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरबहादुर कार्कीले भोकविरुद्धको अभियान सुरु गरेका छन् । अभियान सुरु गरेसँगै जाजरकोट विपद सरोकार समितिको समन्वय तथा सहकार्यमा जिल्लाका सातैवटा स्थानीयतहमा खाद्यान्न वितरण गर्ने सामाजिक अभियन्ता तथा विश्व प्रशिक्षक नरबहादुर कार्कीको बताए ।

भोकविरुद्धको सहायता अभियानले पहिलो चरणमा ३ सय भन्दाबढी घरपरिवारलाई वितरण गर्ने भएको जाजरकोट विपद सरोकार समितिका सह–संयोजक राजेन्द्र कार्कीले बताए । उनका अनुसार शिवालय गाउँपालिकामा ३० , छेडागाड नगरपालिकामा ४० ,जुनिचाँदे गाउँपालिकामा ३० घरपरिवारलाई वितरण भएको छ । अन्य बारेकोट गाउँपालिकामा भेरी नगरपालिका र कुशे गाउँपालिकामा वितरण गर्न बाँकी रहेको छ । यता विहान बेलुका चुलो बाल्न संकट भएका विपन्न परिवारहरुले खाद्यान्न पाउँदा खुसी भएका छन ।
खेतबारी घर पहिरोले बगायो । विहान र बेलुका हातमुख जोड्ना धौधौ भएको बेलामा केही खाद्यान्न पाउदा खुसी भएको शिवालय गाउँपालिका ४ का टेकबहादुर बुढाले बताए ।


खाद्यान्न पाएपछि जुनिचाँदे गाउँपालिका १ का तुल्छे रावतले पनि खुसी देखिन्छन् । घरमा अन्न नभएपछि कसरी छाकटार्ने भन्ने समस्याले सताई रहेका विपन्न परिवारहरुले दाल तथा चामल पाएपछि केही दिनलाई भएपनि छाकको समस्या हराएको भन्दै सहयोगीहरुलाई धन्यवाद दिए ।
शिवालय गाउँपालिकामा कार्यवाहक अध्यक्ष कुमारी थापा र वडाध्यक्ष मानबहादुर पुनले वितरण गरेका थिए । छेडागाड नगरपालिका ५ थहलबजारमा वितरण भएको थियो । उक्त वितरणमा वडाध्यक्ष महेन्द्रबहादुर शाही र जुनिचाँदे गाउँपालिकामा कार्यवाहक अध्यक्ष शिवा आचार्यले वितरणमा सहयोग गरेका थिए ।  खाद्यान्न हस्तान्तरण कार्यक्रममा डिस होमका जाजरकोट प्रतिनिधी बसन्त प्रसाद शर्मा, विपद सरोकार समिति जाजरकोटका सदस्यसहितको सहभागिता थियो । भोकविरुद्धको अभियानले जाजरकोट मात्र नभई कर्णालीका सबै जिल्लामा चलाउँने सामाजिक अभियन्ता कार्कीले बताए । अभियन्ता कार्कीका अनुसार यस अभियानमा विशेष सहयोग गर्ने डिस होम प्रालि., लाइन्स क्लब, संगम पब्लिकेशन,हेम एण्ड माया फाउन्डेसन, आठराई प्रकाशन, भुपु गोर्खा सत्याग्रह समिति, सर्मपण सेवा संस्था, वि सर्भ, रिड मोर पब्लिकेशन लगायत अन्य संघसंस्थाहरुले पनी सहयोग जुटाएको उनले बताए ।
कर्णालीका बासिन्दाहरुले भोक र रोकले कोही पनि मर्न नपरोस कार्कीको भनाई रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank