काठमाडौं— धनुषा गणेशमान चारनाथ नगरपालिका–८ की १४ वर्षीय दलित बालिका दुई गैरदलित युवाहरुबाट बलात्कृत भएकी छिन् ।
भदौ १५ गते १४ वर्षीय दलित बालिका चारनाथ खोला नजिकै बाख्रा चराउन गएको बेला दुई गैदलित युवाहरुबाट बलात्कृत भएकी हुन् ।
चारनाथ खोलाको नजिकै बाख्रा चराइ रहेको बेलामा एक्लै देखेर मुखमा मास्क लगाएको दुइ जना पुरुषले जबरदस्ती करणी गरेका छन् ।
पीडित बालिकालाई स्वास्थ्य परीक्षण जनकपुरस्थित प्रादेशिक अस्पतालमा गरिएको छ । प्रहरीले १७ गतेसम्म पनि अपराधी पहिचान गरी अपराधीहरुलाई समात्न नसक्नु कानुन राज्यको उपहास भएको दलित अधिकारकर्मी चन्देश्वर दासले जानकारी दिए ।
पिडक मध्ये एक जनालाई बलात्कृत बालिकाले समेत पहिचान गरेको उनी मंडल थरका गैर दलित युवा भएको समेत चन्देश्वर दासले बताए ।
Leave a Reply