दस वर्षसम्म बँधुवा मजदुरको रुपमा रहेका मंगलबहादुर सुनारको उद्धार

दलित अनलाईन १५ भाद्र २०७७, सोमबार ११:२३

नयाँदिल्ली — दस वर्षसम्म थुनिएको थुनियै । न तलब न सुविधा । दैनिक सोह्र घन्टासम्म काम । नमाने उल्टै यातना । भारतको जयपुर सहरमा हालै सार्वजनिक भएको घटना हो यो । यस्तो यातना भोग्ने नेपाली हुन्, कास्कीको बूढीखोला, रामकोटका ४० वर्षीय मंगलबहादुर सुनार ।

उनलाई जयपुरस्थित विक्रमादित्य मार्गको संगम भोजनालयका सञ्चालकले दस वर्षसम्म बँधुवा मजदुर बनाएर राखेका हुन् । बालश्रमविरुद्धका अभियन्ता कैलाश सत्यार्थीको संस्था ‘बचपन बचाओ’ले होटलमा बालश्रमिकहरू रहेको जानकारी पाएपछि स्थानीय प्रहरीसँग मिलेर अघिल्लो सोमबार त्यहाँ छापा मारेको थियो । प्रहरीले सुनारलाई उद्धार गरेर हाल त्यहीँकै एक स्थानीय आश्रय केन्द्रमा राखेको छ ।

भारत, जयपुरमा दस वर्षसम्म बिनातलब यातना दिएर काममा लगाइएका कास्कीका मंगलबहादुर सुनारलाई प्रहरीले उद्धार गरेको छ ।

उद्धारपछि ‘बचपन बचाओ’का स्थानीय प्रतिनिधि देशराज सिंहले होटल मालिक शिवशंकर बर्मा भोडीलालविरुद्ध सुनारलाई बिनातलब काममा लगाएको र यातना दिएको भन्दै एफआईआर दायर गरेका छन् । त्यसकै आधारमा प्रहरीले भोडीलाललाई पक्राउ गरेको छ ।
दस वर्षभन्दा बढी समयसम्म बँधुवा मजदुरका रूपमा काम लगाएको, तलब नदिएको र शारीरिक यातनासमेत दिएको आरोपसहित कानुनी कारबाहीका लागि उजुरी दायर गरिएको सिंहले बताए ।

सुनार वर्षौंअघि गाउँकै आफन्तको साथ लागेर रोजगारीका लागि भारत आएका हुन् । केही वर्ष मुम्बई र अन्य केही ठाउँमा काम गरे । त्यहाँबाट दस वर्षअघि उनी राजस्थानको जयपुर पुगे । एक जना गाउँकै चिनजानको मान्छेले संगम भोजनालयमा पुर्‍याइदिएको सुनारको भनाइ छ । तर, उनलाई के थाहा, त्यसपछि त्यहाँबाट दस वर्षसम्म उम्कन सकिँदैन भन्ने । आफन्त, परिवार कसैसँगै गफ गर्न पाएनन् । उल्टै मानसिक र शारीरिक यातना खेप्नु पर्‍यो । ‘जति माग्दा पनि तलब दिँदैनथे, त्यही हो चुरोट र बिँडीका लागि पाँच–दस रुपैयाँ पाउँथेँ,’ सुनारले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank