दलितसँग विवाह गरेकी छोरी आमाले लगिन् : विवाह गर्ने विशाल विक प्रहरी हिरासतमा

दलित अनलाईन १४ भाद्र २०७७, आईतवार २२:२६

काठमाडौं — स्याङ्गजाको फेदीखोला गाउँपालिका ४ आरुखर्कका विशाल विकले अन्तरजातीय प्रेम विवाह गरेको निहुँमा प्रहरी हिरासतमा पुगेका  छन् ।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका विशाल विक र पारु क्षेत्रीबीच अन्तरजातीय प्रेम विवाह स्वरुप साउन १० गते भागेर विवाह गरेका थिए । तर उनीहरुले विवाह गरेको गाउँमा हल्ला चलेपछि युवतीकी आमाले स्याङ्गजा फेदीखोला प्रहरी चौकीमा दलित समुदायसँग विवाह गरेको विवाह स्वीकार हुन नसक्ने आफ्नो छोरी फिर्ता लैजान खोजेको भन्दै उजुरी दर्ता गरेकी थिइन् ।

युवतीका आफन्तहरुले दलितसँग गरेका विवाहलाई कुनै हालतमा स्वीकार गर्न नसक्ने भन्दै छोरी छुटाउने कसरत गरेका थिए ।
प्रहरी चौकीमा अन्तरजातीय विवाहित जोडी सहित प्रहरीले केटापक्ष र केटीपक्षबीच छलफल चलाउँदै केटाकेटी छुटिनुपर्ने माग प्रहरीले नै गरेको थियो । प्रहरीले चलाएको छलफलमा अन्तरजातीय विवाह गरेका जोडीहरुले आफुहरु एकअर्को बीच अलग हुन नसक्ने सार्वजनिक गरेपछि प्रहरी चौकीले चलाएको छलफल मिलापत्रमा आउन नसकेपछि चौकीले घटना जिल्ला प्रहरी कार्यालय स्याङ्गजा पठाएको थियो ।
माईतीपक्षबाट आमाले दिएको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले कार्यालयमा विशाल विकलाई मात्र छलफलमा समावेश गरेर केटीलाई आमालाई बुझाएर विशाललाई हिरासतमा राखेको छ ।

माईतीपक्षबाट केटा–केटीको उमेर नपुगेको भन्दै प्रहरी चौकीमा केटीको आमाबाट निवेदन दिएकी छिन् । उनको निवेदनको आधारमा प्रहरी चौकीले कानुनी रुपमा केटाको उमेर नपुगेको र छुटिनुपर्ने भन्दै सहमतिको गर्न छलफल चलाएको थियो ।
माईतीपक्षका १० जना भन्दा बढी उपस्थिति प्रहरी कार्यालयमा केटापक्षबाट विशाल विकलाई मात्र उपस्थिति गरेर डर,त्रास धम्की दिएर उल्टो हिरासतमा राखेको भन्दै स्थानीय दलित अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank