प्युठानमा दलित दम्पत्तीको हत्या : रगत लतपतिएको घन भेटियो

दलित अनलाईन ११ फाल्गुन २०८१, आईतवार १५:१३

प्युठान — प्युठानमा एक दलित  दम्पती हत्याको अनुसन्धान गरेको प्रहरीले बारीबाट घन फेला पारेको छ ।  घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेको हो ।

शनिबार दिउँसो साढे १२ बजेतिरको समयमा माण्डवी गाउँपालिका–२ रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकुमा परियार मृत अवस्थामा फेला परेको थिए ।

जिल्ला प्रहरी कार्यालय डीएसपी दिपेश बस्यालका अनुसार मृत भेटिएका दम्पतीको टाउको क्षतविक्षप्त अवस्थामा हुनु र बारीमा घन भेटिनुले हत्याराले घन प्रयोग गरेको हुनसक्छ । छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो । पछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो ।

अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिएको डीएसपी बस्यालले बताए । हत्याराले घन प्रहार गरेर हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank