काठमाडौं— प्रहरी हिरासतभित्र भएका विजय रामको हत्यासँगै देशभरी दलित समुदायमाथि भएका योजनाबद्ध र सुनियोजित हत्याका दोषीहरुलाई हदैसम्मको कानुनी कारबाहीको माग गदै पिडीतलाई न्याय तथा क्षतिपूर्ती दिनका लागि संयुक्त राजनीति दलित संघर्ष समितिले सरकारसँग माग छ ।
१३ भन्दा बढी राजनीतिक दल आबद्ध दलित भातृ संगठन समेलित संयुक्त राजनीति दलित संघर्ष समितिले प्रहरी हिरासतभित्र भएका विजय रामको हत्यासँगै देशभरी दलित समुदायमाथि भएका योजनाबद्ध र सुनियोजित हत्याका दोषीहरुलाई हदैसम्मको कानुनी कारबाहीको माग गदै पिडीतलाई न्याय तथा क्षतिपूर्ती दिनका लागि सरकारसँग माग गरेको हो ।
संयुक्त राजनीति दलित संघर्ष समितिका संयोजक मीन विश्वकर्माबाट जारी विज्ञप्तीमा भनिएको छ : रौतहट जिल्लामा भएको निरन्जन रामको हत्याको घटनालाई लिएर प्रहरीले अनुसन्धानका लागि भनि लगिएका करिव २० बर्षीय बिजय रामको जवरजस्त अपराध कबुल गराउन प्रहरीलेनै मरणासन्न हुनेगरि कुटपिट गर्दा भएको हत्या र झापा जिल्ला मेचिनगर नगरपालिका १२, चारआलीमा एथेलेटीक्सकी स्वर्ण पदक विजेता समेत रहेकी राष्ट्रीय खेलाडी चन्द्रकला लाम्गादे, उनका पति सुमन खाती र निजका घरभेटी राजन दर्जीमाथि स्थानिय दुर्गा श्रेष्ठ र उनको पत्नी बिष्णु श्रेष्ठले जातिय रुपमा तथानाम गालिगलौज गर्दै मरणासन्न हुनेगरि कुटपिट गरिएको घटनाहरुप्रति संयुक्त राजनितिक दलित संघर्ष समितिको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त हत्या र घटनाको समितिका तर्फबाट घोर भत्र्सना गर्दछौं ।
विज्ञप्तीको पूर्ण पाठ
संयुक्त राजनीतिक दलित संघर्ष समिति
काठमाण्डौं ।
च नं.०२/०७७/०७८ मिति : २०७७/०५/११
प्रेस विज्ञप्ती
रौतहट जिल्लामा भएको निरन्जन रामको हत्याको घटनालाई लिएर प्रहरीले अनुसन्धानका लागि भनि लगिएका करिव २० बर्षीय बिजय रामको जवरजस्त अपराध कबुल गराउन प्रहरीलेनै मरणासन्न हुनेगरि कुटपिट गर्दा भएको हत्या र झापा जिल्ला मेचिनगर नगरपालिका १२, चारआलीमा एथेलेटीक्सकी स्वर्ण पदक विजेता समेत रहेकी राष्ट्रीय खेलाडी चन्द्रकला लाम्गादे, उनका पति सुमन खाती र निजका घरभेटी राजन दर्जी माथी स्थानिय दुर्गा श्रेष्ठ र उनको पत्नी बिष्णु श्रेष्ठले जातिय रुपमा तथानाम गालिगलौज गर्दै मरणासन्न हुनेगरि कुटपिट गरिएको घटनाहरु प्रति संयुक्त राजनितिक दलित संघर्ष समितिको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त हत्या र घटनाको समितिका तर्फबाट घोर भत्र्सना गर्दछौं ।
रुकुमपश्चिममा अन्तरजातिय विवाह गर्न खोज्दा भएको ६ जनाको नरसंहार, रुपन्देहीमा १३ बर्षीय बालिका माथि भएको बलत्कार पछिको हत्या, धनुषाको सबेलामा प्रहरीको हिरासतमा भएको शंभु सदाको हत्या लगाएत देशभर भएको दलित समुदाय माथिको जातिय विभेद र छुवाछूतका आधारमा भएका हत्याकाण्डहरु सेलाउन नपाउदै त्यस्तै प्रकारको अर्को श्रृखंलाको रुपमा रौतहट र झापा जिल्लाहरुमा भएको घटनाका श्रृखंलाहरुलाई हेर्दा सरकार दलित समुदाय प्रति अत्यन्त निर्मम देखिएको, जातका आधारमा हुने विभेद तथा घट्ने घटनाहरु प्रति सरकार पूर्ण रुपमा गैर जिम्मेवार रहेको, सरकार आफै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा घटनामा संलग्न भएको वा हत्याराहरुको संरक्षण गर्न लागेको देखिन्छ । दलित समुदायमाथिको यो विभेद र बर्बरताको पराकाष्टा अत्यन्तै निन्दनिय छ । नेपालको संविधान र विद्यमान कानुनको कार्यान्वयन गर्न आनाकानी गर्ने, घटनालाई कमजोर गराउन सत्यतथ्यलाई तोडमोड गर्ने जस्ता कार्यको सरकारको गतिविधीले कानुनी राज्यको समेत उपहास भएको छ ।
यसर्थ रौतहट, झापा लगाएत देशभर घटेका घटनाहरुको सत्यतथ्य र निस्पक्ष छनाविन गर्न, घटनामा संलग्नहरुलाई हदै सम्मको कार्बाही गरि पिडीतलाई न्याय तथा क्षतिपूर्ती दिनका लागि सरकार समक्ष जोडदार माग गर्दछौं । अन्त्यमा दलित समुदायको सामाजिक न्याय र सुरक्षाको प्रत्याभुत गर्न, घाईतेहरुको उपचार गर्न अपिल गर्दै, मृतक निरन्जन राम र विजय रामको आत्माको चिर शान्तीको कामनाका साथै शोक सन्तब्ध परिवारजनमा संयुक्त संघर्ष समितिका तर्फबाट हार्दीक समवेदना ब्यक्त गर्दछौं ।
मीन विश्वकर्मा
संयोजक
संयुक्त राजनीतिक दलित संघर्ष समितिसंग आवद्ध संघ-संगठनहरु :
नेपाल दलित संघ, समाजवादी दलित मुक्ति महासंघ, दलित मुक्ति मोर्चा, नेपाल , नेपाल दलित मुक्ति मोर्चा, नेपाल राष्ट्रिय दलित केन्द्र, जातीय समता समाज, जात व्यवस्था उन्मुलन मोर्चा–नेपाल, साझा सामाजिक न्याय विभाग, संयुक्त दलित अधिकार मञ्च, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, संघीय दलित शिल्पी मञ्च, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन, विभेद मुक्ति प्रगतिशिल समाज, राष्ट्रिय दलित मोर्चा,
दलित नागरिक समाज र संयुक्त दलित जातीय महासंघ
सम्पर्क नं. ९८५१०६०६९०, ९८४३७१७१५१, ९८४१७०८९३४,
Leave a Reply