केशव स्थापित मन्त्री पदबाट बर्खास्त

दलित अनलाईन १६ कार्तिक २०७५, शुक्रबार १६:१७

काठमाडौं- प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई शुक्रबार अपरान्ह बर्खास्त र्ने निर्णय गरेको प्रदेश ३ का एक जना मन्त्रीले बताए।

मन्त्री स्थापितलाई बर्खास्त गरी उनले सम्हाल्दै आएको भौतिक योजना मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले लिने बताइएको छ ।
बुधबार प्रदेश मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएपछि उनलाई बर्खास्त गर्ने तयारी भएको थियो।

मुख्यमन्त्रीसँग भनाभन भएपछि मन्त्री स्थापित हेटौंडाबाट लगत्तै काठमाडौं आएका थिए। मुख्यमन्त्री पौडेल पनि प्रधानमन्त्रीलाई भेटेर उनलाई बर्खास्त गर्ने योजनासहित बिहिबार नै काठमाडौं आएका थिए।

नेपाल संघीय संरचनामा गएपछि पहिलो पटक बनेको प्रदेश सरकारबाट बर्खास्त भएका मन्त्री स्थापित पहिलो मन्त्री हुन्।

उनी प्रदेश ३ को मन्त्रीकै हैसियतमा आइतबार चीन भ्रमणमा जाने तयारीमा थिए। तर, मुख्यमन्त्री पौडेलले भ्रमणमा जानुअघि नै उनलाई पमदमुक्त गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank