दलित अधिकारकर्मीहरुबाट प्रहरी कार्यालय घेराउ : ‘हिरासतमा रहेका विजय रामको हत्या हो’

दलित अनलाईन ११ भाद्र २०७७, बिहीबार २३:०१

काठमाडौ— इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका विजय रामको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएपछि पीडितका आफन्त र दलित अधिकारकर्मीहरुले प्रहरी कार्यालय घेराउ गरेका छन् ।
रौतहट गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका १९ वर्षीय विजयराम चमारको प्रहरीको कुटपिटपछि वीरगञ्ज मेडिकल कलेजको आईसियु कक्षमा मृत्युु भएपछि । पीडितका आफन्त र दलित अधिकारकर्मीहरुले प्रहरी कार्यालय घेराउ गरेका हुन् । प्रहरीको कुटाईबाट अस्पतालमा मृत्यु भएको जानकारी पाएपछि मृतक आफन्त र दलित अधिकारकर्मीहरुले विजयको मृत्यु नभएर हत्या भएको भन्दै प्रहरीलाई कारबाही हुनुपर्ने माग गदै विरोध विहिबार विहानदेखि इलाका प्रहरी कार्यालय अघि प्रर्दशन गरे ।


गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाको बयान र प्रमाणको आधार देखाउँदै गत १ गते ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले सातै जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद समेत थमाएर सोही दिन सार्वजनिक गरेका थिए ।
विजयका बुवा पनिलाल महराले प्रहरीको कुटाईबाटै छोराको मृत्यु भएको दाबी गरेका छन् । ‘छोरालाई हिरासतमा कुटपिट गरेको छ । यो प्रहरीको ज्यादती हो,’ उनले भने, ‘कुटपिटको सत्यतथ्य छानबिन हुनु पर्छ । दोषी प्रहरीलाई कारबाही हुनु पर्छ ।’
हत्याको घट्नापछि पीडित र स्थानीयले प्रहरीको अनुसन्धानमाथि शंका गर्दै आएका छन् । निर्दोषलाई पक्रेर दोषीलाई उन्मुक्ती दिने काम प्रहरीबाट भएको भन्दै पीडितका आफन्त र स्थानीयले दुई दिन अघि गरुडामा प्रहरी विरुद्ध जुलुस निकालेका थिए ।
संयुक्त दलित संघर्ष समितिले घटना सुनियोजित भन्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हिंस्रक बने सरकारले ठूलो क्षतिपूर्ति व्यहोर्नुपर्ने बताउँदै विजयको हत्यामा संग्लन प्रहरीलाई कारबाही हुनुपर्ने माग राख्दै आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank