अस्पतालमा बन्धक भएर बसेका मुसहर दम्पतीद्धारा मुख्यमन्त्री, सिडियो र मानव अधिकार आयोगमा उजुरी

दलित अनलाईन ८ भाद्र २०७७, सोमबार २०:०९

गैर दलितबाट कुटिए मुसहर दम्पती अस्पतालमा बन्धक

कञ्चनपुर—गैर दलितबाट कुटिएर औषधी उपचार गर्ने क्रममा अस्पतालमा बन्धक मुसहर दम्पतीले न्याय र औषधी उपचार खर्चका प्रदेश २ का मुख्यमन्त्री, सप्तरीका सिडियो र मानव अधिकार आयोगलाई गुहारेका छन् । पीडित परिवारले दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाईनमार्फत उजुरी गरेको हुन् ।
पानीको निकासको विषयमा बिबाद हुदाँ गत साउन ५ गते सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ६, महुलीका दिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनको श्रीमति मलिया देवी सदालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाईते भएका सदा दम्पतीको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर औषधी उपचार वापतको एक लाख ६० हजारभन्दा बढी रकम तिर्न नसक्दा सदा दम्पती अस्पतालमा बन्धक भएर बसेका छन् ।
शिवचन्द सदाका भाई पवन सदाले प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग,जिल्ला प्रशासन कार्यालयमा अस्पतालको बन्धकबाट मुक्ति र न्यायका लागि निवेदन दिएका छन् ।
घटना यस्तो छ : अविरल वर्षाको कारण मुसहरको घर आँगनमा पानी जमेपछि त्यसको निकासीको लागि छेउमै रहेको दिना साहको खेतमा पानी बगाउन खोजेपछि विवाद भएको थियो ।
शिवचन्द्र सदा (भुटाइ)ले आफ्नो झुपडीलाई जोगाउन पानीको मुहान खोलेपछि बिबाद भएको थियो । पानी खोलेपछि दिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनको श्रीमति मलिया देवी सदालाई निर्घात कुटपिट गरेका थिए । घरमा पानी जमेपछि छिमेकी खेतबाला दिना साहको खेतमा निकास बाहेक अरु ठाउँ थिएन । तर, साह परिवारले आफ्नो जमिनमा पानी छिर्न नदिने भएपछि झगडा सुरु भएको थियो ।

कुटपिटबाट घाइते भएको सदा दम्पतीको स्थानीय क्लिनिकमा उपचार पश्चात थप उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पतालमा भर्ना भएका थिए । इलाका प्रहरी कार्यालय कञ्चनपुरले दिना साहलाई पक्राउ गरि अभद्र व्यवहारमा मुद्दा चलाएका थिए । तर तीन सातापछि गत साउन ३२ गते कुटपिट गर्ने साह जिल्ला सरकारी वकिलको कार्यलयको आदेशबाट रिहा भएपछि सदा दम्पतीलाई थप पिडा भएको छ ।

इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले पिडीत पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसकेकोले सरकारी वकिल कार्यलयको आदेशमा दिना साह रिहा भएको बताए । ‘प्रहरीले बिल ल्याउन भनेपनि अस्पतालले पैसा नतिरी बिल दिन नमिल्ने बताइरहेको छ । कुटिएका मुसहर समुदाय भूमिहीन छन् । ऐलानी जग्गामा पूmसको घर छ । दिनभर कमायो भने राति चुलहो बल्छ ।’ भुटाईका छिमेकी समेत रहेका दलित अगुवा बलराम सदाले भने,‘ अस्पतालमा धेरै आग्रह गरेपछि अस्पतालको लेटरप्याडमा औषधी बाहेक एक लाख २५ हजार खर्च भएको लेखेर दिएको छ, औषधी समेतको जोडदा १ लाख ६० हजार भन्दा बढी पैसा तिर्न बाँकी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank