शान्ति सुव्यवस्था कायम राख्न समितिको निर्देशन

दलित अनलाईन ५ आश्विन २०७५, शुक्रबार १८:२३

काठमाडौँ –  राज्य व्यवस्था तथा सुशासन समितिले जनताप्रति उत्तरदायी र जवाफदेही कर्मचारीतन्त्रको निर्माण र विकासका लागि आधार तयार गर्न÷गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

नवनिर्वाचित सभापति शशी श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले संवैधानिक निकायलाई संविधान प्रदत्त जिम्मेवारी बहन गराई सुशासन कायम गराउने सम्बन्धमा नीतिगत एवं कानूनी व्यवस्था गर्न सचेत भएर जिम्मेवारी बहन गराउने पनि निर्णय गरेको हो ।

मुलुकमा बढिरहेका बलात्कार र हत्याजस्ता मानवता विरोधी जघन्य अपराध र त्यस्ता आपराधिक घटनाका वास्तविक अपराधीहरु पत्ता लगाई कडा कानूनी कारवाहीको दायरामा ल्याउन गृहमन्त्रालयको ध्यानाकर्षण गराउने पनि बैठकले निर्णय गरेको छ ।

समितिले सबै प्रकारका अमानवीय घटनाका कारण पहिचान गरी त्यस्ता घटनालाई निर्मूल गर्न तथा मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न थप प्रभावकारीरुपले कार्य गर्न÷गराउन पनि गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank