सुकुम्बासीमाथि बल प्रयोग गर्ने वा प्रहरी लगाएर डोजर चलाउने योजना छैन– सरकारका प्रवक्ता

दलित अनलाइन बैशाख ११, २०८३

काठमाडौँ —  सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बागमती किनारका सुकुम्बासी खाली गराउन बल प्रयोग गर्ने सरकारको नीति नरहेको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नको जवाफमा मन्त्री पोखरेलले बागमती किनारका सुकुम्बासीहरूको सुरक्षाका लागि नै उनीहरूलाई त्यहाँबाट अन्यत्र सार्न लागिएको बताए ।

‘प्रत्येक वर्ष बर्खामा बाढीले क्षति पुर्‍याउँदै आएको छ । फेरि पनि बर्खा शुरू हुने सिजन आउँदैछ । त्यसैले उहाँहरूको सुरक्षाका लागि नै त्यहाँबाट अन्यत्र सार्न लागिएको हो । बल प्रयोग गर्ने वा प्रहरी लगाएर डोजर चलाउने अहिलेसम्म सरकारको कुनै योजना छैन,’ उनले भने ।

NTC

उनले वर्तमान सरकारले सुकुम्बासीको नाममा राजनीति गर्न नचाहेको पनि बताए । ‘हामी सुकुम्बासीको नाममा राजनीति गर्दैनौँ । नेपालका धेरै ठाउँमा सुकुम्बासी समस्या छ । हामी यसको दीर्घकालीन समाधान खोज्दैछौँ । सक्कली सुकुम्बासीको पहिचान पनि गर्नेछौँ,’ उनले भने ।

मन्त्री पोखरेलले सबै पक्षको सहयोग र सहकार्यमा बागमती किनारबाट सुकुम्बासीलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको बताए । ‘यो अभियान सबै पक्षको सहयोगमा चालिएको हो । सीडीओ र काठमाडौं महानगरपालिका लगायत सबै पक्षसँग सहकार्य भइरहेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank