मृगौला पीडितको लागि पत्रकार विश्वकर्माको पहलमा संकलित ३ लाख ५८ हजार सहयोग प्रदान

दलित अनलाईन ६ भाद्र २०७७, शनिबार २१:१४

पर्वत— पर्वतका पत्रकार लक्ष्मण विश्वकर्माले महाशिला १ अर्गाउदिकी एक मृगौला पीडित महिलाको उपचारका लागि ३ लाख ५८ हजार सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् ।

३५ वर्षीय सुनसरी सुनारको दुवै मृगौला फेल भएर आर्थिक अभावमा उपचारमा समस्या भएको खबर पाएपछि विश्वकर्माले आफ्ना गाउँले दाजुभाई र सार्थीहरुसँग सहयोग संकलन गरी उक्त रकम घरमै पुगेर सुनसरी बचाउ अभियानका प्रमुख अभियान्त र मृगौला पिडितका ससुरालाई हस्तान्तरण गरेका हुन ।

सहयोग हस्तान्तरण गर्दै पत्रकार विश्वकर्माले मानवीय हिसावले आफुले सामाजिक उत्तरदायित्व वहन गरेको बताए । आफ्नो विश्वास गरेर विभिन्न देशबाट अपरिचित सार्थीहरुले पनि सहयोग रकम पठाएकोमा खुशी व्यक्त गर्दै आफुप्रतिको विश्वासलाई कदापि डगमगाउन नदिने बताउदै सम्पुर्ण मनकारी सहयोगी महानुभावहरुमा धन्यवाद तथा आभार व्यक्त गरे । ‘मन्दिरमा चढाउने भेटी रकम रोगी,दिनदुखी, गरिब, अपाङ्ग, बेसहारा र असहाय व्यक्तिलाई दान गर्नु र समस्यामा परेकाहरुलाई सेवा र सहयोग गर्नु नै त्यो भन्दा पुण्य कार्य र मानवीय धर्म अरु केही हुनै सक्दैन ।’
आफू संचार क्षेत्रमा कार्यरत रहे पनि सामाजिक कार्यमा आफ्नो चासो चिन्तन रहेकाले आगामी दिनहरूमा पनि निरन्तर निस्वार्थ सामाजिक कार्यमा सक्रिय भएर सधैं समस्यामा परेका व्यक्तिहरुको लागि पुलको भुमिका निर्वाह गरि उद्धार र सहयोगमा अग्रसर हुने विश्वकर्माले बताए ।

सुनसरी सुनार बचाउ अभियानका प्रमुख अभियान्त शिक्षक, समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्व लेककाजी गुरुङले आफ्नो अभियानमा मोटो रकम संकलन गरी घरमै आएर हस्तान्तरण गरेकोप्रति खुशी व्यक्त गरि रकम संकलनकर्ता पत्रकार तथा संचारकर्मी बिश्वकर्मालाई आफ्नो तथा सम्पुर्ण अभियान्त टिमको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।
हालसम्म सुनसरी बचाउ अभियानमा विभिन्न सहयोगी महानुभावहरुको तर्फबाट करिब २२ लाख सहयोग रकम संकलन भएको बताउदै पैसाको अभावमा सुनसरी सुनारको उपचार नरोकिने गुरुङले बताए । साथै अभियानमा उल्लेखनीय सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी महानुभावहरुलाई उनले धन्यवाद दिए ।

मृगौला पीडित सुनारले अहिले बुटवल स्थित गौतम बुद्ध सामुदायिक अस्पतालमा मृगौला डायलेसिस गराइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank