स्वास्थ्य कार्यालयमै कुटिए दलित युवा

दलित अनलाईन १८ श्रावण २०७७, आईतवार १०:०३

बागलुङ- जैमिनी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य तथा न्यायिक समितीका सदस्य बम बहादुर क्षेत्रीले स्वाथ्य इकाइ कार्यालयमै कुटपिट गरेका छन् ।

जैमिनी ७ का ३४ बर्षिय गोविन्द नेपालीलाई वडा सदस्य तथा न्यायिक समितीका सदस्य बम बहादुर क्षेत्रीले स्वाथ्य इकाइ कार्यालयमै कुटपिट गरेका हुन् ।

लामो समय देखि शरिरमा एलर्जि आएका नेपालीले नियमित रुपमा एलर्जिको औषधी खाने गर्दथे । एलर्जिको औषधी लिन स्वाथ्य इकाइमा गएका नेपालीलाई यसअघि ८ वटा ट्यावलेट दिइन्थ्यो तर उक्त दिन ४ वटा मात्र ट्यावलेट दिइयो । आठ वटा ट्यावलेट दिन आग्रह गर्दा स्वास्थ्य इकाइमा कार्यरत वडा सदस्य क्षेत्रीकी श्रीमती मिना केसीसँग विवाद भएको थियो । गोविन्द नेपालीसँगै अन्य  दाई जना साथीहरुपनि गएका थिए । अघिपछि आठ वटा लाने र त्यसले केहिदिनलाइ पुग्ने भएकोले आफूले चार वटा थपिदिन आग्रह गर्दा रौसी खाएर हल्ला गर्र्छौ ? भन्दै म्याडेमले गाली गरेकाे गोविन्द नेपालीले बताए।
आफूले रक्सि नखाने र औषधी लिन आएको बरु तपाईकै श्रीमानले २४ सै घण्टा रक्सि खानुहुन्छ भनेर जवाफ फर्काएपछि केसी रन्किदै आफ्ना श्रीमान बम बहादुरलाई कल गरेकी थिइन् ।
कल गरे लगत्तै रक्सिको मातमा रहेका वडा सदस्य तथा नेपाली काँग्रेस जैमिनी ७ का पार्टि सभापती बम बहादुर केसी हुत्तिदै स्वास्थ्य इकाइ कार्यालयमा पुगेर एकाएक गोविन्द नेपालीलाइ भकुरेका थिए ।
जैमिनी नगरपालिकाका न्यायिक समिती सदस्य केसीले एउटा साधारण दलित परिवारको युवा कुट्दा आधा दजन व्यक्ति रमिता बनेर हेरेका थिए । स्वयँम प्रत्यक्षदर्शी दलित महिला सदस्य विमला सुनार नै पिडाबोध गर्दै थिइन । त्यो दृश्यले दुखि बनेकी सुनारलाइ समेत त्यो अन्यायपुर्ण दृश्यले मुटु पोलेको बताइन् ।

एउटा समान्य विषयलाइ लिएर वडा सदस्य तथा न्यायिक समितीको जिम्मेवार व्यक्तिबाट आफु कुटिएपछि पीडित नेपालीले वडा अध्यक्ष र जैमिनी नगरपालिकालाइ समेत जानकारी गराइ कारबाहिको माग गरेको बताए । तर एक हप्तासम्म कसैबाट पनि पिडकलाइ कारबाहि गर्ने छाटकाट नदेखिएपछि उनी निरास भए ।
जैमिनी नगरपाकिलका नगर प्रमुख इन्द्रराज पौडेलले आफूलाइ कसैले पनि घटना बारे जानकारी नदिएको र यो बारेमा सम्बन्धित व्यक्तिलाई फोन गरेको बताए । उनले पिडकलाइ कारबाहि गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
न्यायिक समितीका सँयोजक समेत रहेका उप प्रमुख लिला बहादुर रानाले युवाहरुले बियर खाएर आएको सुनेको र वडा सदस्यले गल्ति गरेपनि माफि सम्म नमागेको भन्ने सुनिएकोले अरु प्रकृया अघि बढाउने बताए ।

पीडकलाइ माफि माग्न लगाइयो
सार्वजनिक स्थलमै नागरिकलाइ न्याय दिने क्षेत्रीलाइ कारबाहि गर्नुको सट्टा यो घटना बाहिर नल्याइ भित्रभित्रै माफि माग्न लगाएर घटना छामछुम पार्न खोजिएको छ । फेरि यस्तो घटना नदो¥याउने सर्तमा एक पटकलाइ माफि दिइएको पिडित पक्षका एकजनाले बताए ।
उक्त घटना मिलाउन युवा नेता हरिहर शर्मा सहित शिक्षक लगायत पिडित पक्षको घरमा उपस्थित भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank