इनफ इज इनफका अभियन्ताबाट पत्रकारमाथि दुव्र्यवहार

दलित अनलाईन १४ श्रावण २०७७, बुधबार २२:३९

 काठमाडाैं – इनफ इज इनफ आन्दोलनका अभियन्ताले अनलाइन खवरका सह–सम्पादक विश्वास खड्काथोकीमाथि दुव्र्यवहार गरेका छन् ।

अनसनरत ई र समायरा श्रेष्ठबारे मंगलबार दिउसो रिपोर्टिङ गर्न वसन्तपुर पुगेका पत्रकार खड्काथोकीमाथि हातै हाली दुव्र्यवहार गरेका हुन् । कोभिड १९ मा सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै इनफ इज इनफका अभियन्ता ई र समायरा १२ दिनदेखि अनसनमा छन् ।

पत्रकार खड्काथोकीले सामाजिक सञ्चालमा अनसनरत समायरासँग कुरा गर्दै गर्दा पछाडीबाट अपशब्द बोल्दै आन्दोलनका एक अभियन्ता आएर कुममा समाइ घिच्याएको बताएका छन् । उनले थप लेखेका छन्, ‘छातीमा प्लेकार्ड टाँसेका ती अभियन्ताले दोस्रो पटक ज्याकेट तान्दै तिमी काबाट हो निस्कीहाल भन्दै दुव्र्यवहार गरे ।’ यस्तो गतिविधिले आफुलाई निकै मर्माहत बनाएको पत्रकार खड्काथोकीले बताएका छन् । ‘म इनफ इज इनफकै अनुमति र समायराको स्वास्थ्य अवस्था बुझेरै कुरा गरिरहेको थिएँ’, पत्रकार खड्काथोकीले भने, ‘समायरा आफुबारे कुरा गर्न निकै उत्साहित हुनुहुन्थ्यो । तर, इनफ इज इनफ आन्दोलनका दुई तीन जनाले जवरजस्ती गर्दै बाहिर निकाले ।’

देश परिवर्तन गर्छु भन्दै हिँडेका र अरुलाई सुशासनको पाठ सिकाउने अभियन्ताहरुले कम्तिमा यस्तो नीच काम चाही गर्न नहुने खड्काथोकीले सामाजिक सञ्जालमा लेखेका छन् । यसलाई खड्काथोकीले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बताउँछन् ।

घटनाको घोर भत्सर्ना गर्दै क्रियाशिल दलित पत्रकार संघ नेपालले विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा भनिएको छ – रिपोर्टिङको शिलशिलामा दुव्र्यवहार गर्ने व्यक्तिलाई पहिचान गरि कारवाही गरियोस् । पत्रकार खड्काथोकी संघको सचिव हुन् । एक दशकदेखि पत्रकारितामा सक्रिय खड्काथोकीले सामाजिक विषयमा फिचर लेख्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank