जातीय अहङ्कारले द्वन्द्व निम्त्याउँछ : पूर्वमन्त्री अधिकारी

दलित अनलाईन ४ श्रावण २०७७, आईतवार १६:३७

पोखरा—प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले जातीय अहङ्कारले समाजमा द्वन्द्व निम्त्याउने बताएका छन । पोखरा महानगरपालिका–३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाज घरको उद्घघाटन गर्दै सांसद अधिकारीले जातीय विभेद संविधान विरोधी कार्य भएकाले यसले समाजमा द्वन्द्व सिर्जना गर्ने बताएका हुन ।
पूर्वस्वास्थ्यमन्त्रीले भने, जातीय र धार्मिक विभेद संविधानविरुद्धका काम हुन् । यदि कोही कसैले यसो गरेको खण्डमा राज्यले कसैलाई पनि छाड्दैन ।’ नेता अधिकारीले जातीय एवं धार्मिक समानता र स्वतन्त्रतासहितको समाजवादोन्मुख संविधान निर्माण गरिएकाले अब यसको कार्यान्वयन पक्षमा सबैले चासो दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कानूनले मात्रै पनि सबै समस्याको समाधान नभएको बताउँदै समाज परिवर्तनका लागि सामाजिक चेतना स्तर पनि माथि उठाउनुपर्नेमा जानकारी दिए । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विभेद र हिंसारहित समाजका लागि गाउँपालिका सधैँ अग्रसर हुने बताए ।

विश्वकर्मा सेवा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले दलित समुदायको विषयलाई अझै पेचिलो बनाउँदै लैजानुपने औँल्याए । समाजका अध्यक्ष राजु सुनारका अनुसार भवन निर्माणका लागि रु ५८ लाख २० हजार लागत लागेको छ । स्थानीयस्तरमा देउसीभैलो एवं चन्दा सङ्कलन गरेर तथा सांसद विकास कोष, सहकारी विकास कोष, गण्डकी प्रदेश, पोखरा महानगरपालिका, रुपा गाउँपालिका, साविक रुपाकोट गाविस, साविक लेखनाथ नगरपालिकालगायतको सहयोगमा भवन निर्माण गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank