विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा दानसिंह परियार चयन

दलित अनलाईन २८ असार २०७७, आईतवार २२:५९

सुर्खेत– कर्णाली प्रदेशसभाअन्तर्गतका संसदीय समितिमा निर्विरोध नेतृत्व चयन भएको छ । चार वटा समितिको अध्यक्ष पदका लागि भएको मनोनयनमा एक(एक जनाले मात्र उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको हो ।
प्रदेशसभा सचिवालयका अनुसार अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा गणेशप्रसाद सिंह, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली, विधायन तथा प्रदेश मामिला समितिमा दानसिंह परियार र सार्वजनिक लेखा समितिमा दिनबन्धु श्रेष्ठको मात्र मनोनयन दर्ता भएको छ ।
सार्वजनिक लेखाबाहेक अन्य तीन समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेतृत्व लिएको छ । प्रदेशसभाका निमित्त सचिव वीरेन्द्रबहादुर केसीले मतदानको मिति आज तोकिए पनि एकल उम्मेदवारी परेपछि चारवटै समितिका अध्यक्ष निर्विरोध चयन भएका बताए । प्रदेशसभा नियमावली २०७४ को नियम १४८ अनुसूची ५ बमोजिम सभामुखले तोकेको कार्यकक्षमा शपथ ग्रहणपश्चात अध्यक्षले कार्यभार सम्हाल्नेछन् ।


समिति गठन भएको २७ महिनापछि नेतृत्व चयन गरिएको हो । यसअघि प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठताका आधारमा समितिको अध्यक्षता गर्दै आएका थिए । नेकपा कर्णाली प्रदेश संसदीय दलभित्रको आन्तरिक विवादका कारण समितिले नेतृत्व पाउन सकेको थिएन । ‘मिनी संसद्’ भनिने संसदीय समितिले लामो समयसम्म नेतृत्व पाउन नसक्दा प्रदेशसभा सचिवालय र सत्तारुढ नेकपाको आलोचना हुने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank