
काठमाडौँ — नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आगामी साउन २५ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
‘आगामी साउन २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको छ,’ उनले भने। माओवादीको ४ दिनदेखि जारी पदाधिकारी बैठक आज समापन भएको छ।
माओवादीको चारदिनसम्म चलेको पदाधिकारी बैठकले स्थायी समिती बैठकका एजेन्डा समेत तय गरेको हो
असार २८ गते सत्ताबाट बिमुख भएपछी माओवादीले पार्टी निर्माणलाई ध्यान दिने भन्दै पदाधिकारी बैठक राखेको थियो। बैठकमा सबै पदाधिकारीले स्वतस्फूर्त धारणा राखेको सापकोटाले बताए।
Leave a Reply