रुकुम हत्या प्रकरणमा निस्कियो सडक आन्दोलनमा नेपाल दलित मुक्ति संगठन

दलित अनलाईन ११ असार २०७७, बिहीबार ०२:२७

काठमाडौँ— अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट नरसंहारयुक्त घटनाको सडक विरोधमा सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठन एक महिनापछि आन्दोलनमा उत्रिएको छ ।
जातको आधारमा भएको नरसंहारयुक्त घटनाको चौतर्फी विरोध गदै देश तथा विदेशबाट समेत विरोध गरिरहेका बेला घटना भएको एक महिनापछि सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठन सडक आन्दोलनमा उत्रिएको हो ।
साना दल निकट र नागरिका सामाज र प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतको संयुक्त राजनीतिक दलित संघर्ष समितिको ब्यानरमा एक महिनादेखि घटनाको विरोधमा उत्रिएका छन् । संयुक्त ब्यानरमा सडक संघर्षमा जुट्न नसकेको भातृसंगठनहरुले छुटाछुटै विरोधका कार्यक्रम सार्वजनिक गरी सडक संघर्ष उत्रिएका हुन् ।
जातका निहुँमा भएको यो क्रुरु मानवताविरोधी अपराधको देश तथा विदेशबाट दोषीहरुलाई हदैसम्म कारबाहीको माग गदै विरोधगदै देशव्यापी आन्दोलनमा भइरहेको छ । सत्तासिन दलको निकट नेपाल दलित मुक्ति संगठनले घटनाका दोषीहरुलाई हदैसम्म कारबाहीको माग गदै रुकुम, रुपन्देही र धनुषा लगायतका जिल्लामा दलितमाथि भएको हत्या र विभेदका विरुद्ध काठमाडौंको बबरमहलदेखि नयाँ बानेश्वरसम्म र्याली गरी कोणसभा गरेका छन् । नेपाल दलित मुक्ति संगठन वागमति प्रदेश कमिटिको ब्यानरमा संगठनका केन्दीय सहसंयोजक बोमबहादुर विश्वकर्मासहित पूर्वमन्त्रीहरु दलजीत श्रीपाईली, जीतु गौतम र संगठनका नेता गणेश विश्वकर्मा कोणसभालाई सम्बोधन गरेका थिए । कोणसभा बोल्दै उनीहरुले जातीय निहुँमा सामुहिक र सुनियोजि रुपमा विभत्स हत्याका दोषीहरलाई हदैसम्म कारबाही हुनु पर्ने माग गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank