‘निर्वाचन प्रणालीमा सुधारको खाँचो’

दलित अनलाईन १ आश्विन २०७५, सोमबार १९:५४

काठमाडौँ- नेपालको संविधानले आत्मसात् गरेको समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणाली र पद्धतिमा व्यापक सुधारको खाँचो औँल्याइएको छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा आज यहाँ आयोजित अन्तरक्रियामा सहभागी वक्ताले विभिन्न समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभयो ।

‘लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण : प्रतिनिधित्व प्रणालीको समीक्षा र भावी मार्गचित्र’ विषयको उक्त अन्तरक्रियामा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले परिवर्तनलाई स्थायित्व प्रदान गरी सही दिशातर्फ उन्मुख गराउने निर्वाचन नै एक मात्र माध्यम भएको धारणा व्यक्त गर्नुभयो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले समानुपतिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेर हुने स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनले मात्र लोकतन्त्रको विकासमा योगदान दिने भएकाले निर्वाचन प्रणालीलाई सुधार गर्दै लैजान सकिन्छ भन्नुभयो ।

नियोकका महासचिव गोपालकृष्ण शिवाकोटीले आवधिक निर्वाचन र लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गरेको मुलुकमा समेत निर्वाचनमा समावेशी र समानुपातिकको पाटाबाट सहभागिता र प्रतिनिधित्व कस्तो रह्यो भन्ने ढङ्गबाट मूल्याङकन गरिन्छ भन्नुभयो । सो अवसरमा सहभागी वक्ताले निर्वाचन प्रणाली सुधार गर्नुअघि राजनीतिक दललाई आफ्नो सङ्गठन समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गर्ने व्यवस्था गर्न सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank