रुकुम हत्या प्रकरणः किशोरीकी आमा १ लाख धरौटीमा रिहा,२३ जना पुर्पक्षका लागि जेल चलान

दलित अनलाईन ११ असार २०७७, बिहीबार ००:४५

काठमाडौँ — अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट नरसंहारयुक्त घटनाको मुख्य योजनाकारमध्येकी किशोरीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
रुकुम पश्चिम जिल्ला अदालतले बुधबार सोतीगाँउमा भएको नरसंहारयुक्त घटनाको मुख्य योनाकारमध्येकी शुष्मा मल्लकी आमालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको हो । अदालतले चार जनाबाहेक सबैलाई पुर्पक्षमा थुनामा राख्ने आदेश दिएको छ । घटनामा संलग्न २ नाबालक भएको भन्दै अदालतले बाल सुधारगृहमा पठाइसकिएको छ । तीबाहेक अरु २३ जना आरोपितलाई पुर्पक्ष थुनाको आदेश भएको छ । अदालतले घटनाका मुख्य योजनाकार भनिएका चौरजहारी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । थुनाका लागि जेल चलान हुनेमा वडाध्यक्ष मल्लसहित डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४, ३६ (१) र (३) तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल रहेको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले दलित अनलाईनलाई जनाकारी दिए ।
इर्दबहादुर भनिने इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नविन कुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन् ।
गत आइतबार हत्याकाण्डमा संलग्न भएको भन्दै सरकारी वकीलको कार्यालयले ३४ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । वादीको तर्फबाट ५ जना सरकारी वकिलले, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट ७ गरी ३२ जना वकिलले बहस गरेका थिए ।
गत जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीमा जाजरकोटतर्फबाट आएका युवामाथि सोतीका गाउँलेहरुले सामुहिक र सुनियोजित रुपमा आक्रमण गरी नवराज विक लगायत ६ जनाको विभत्स हत्या गरेका थिए

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank