अभियन्ता सुनिता दनुवार भन्छिन- ‘मानव वेचविखनविरुद्ध लाग्दा धम्की व्यहोरिरहनु परेको छ’

दलित अनलाईन ५ फाल्गुन २०७५, आईतवार २२:४३

काठमाडौ- महिला बेचबिखन विरुद्धकी चर्चित अभियन्ता सुनिता दनुवारले मानव वेचविखनविरूद्धको अभियानमा लाग्दा ठूला भनिने राजनीतिक दलका कतिपय नेता र पहुँचवाला व्यक्तिहरूले असहयोग मात्रै होईन दलाल र विचौलिया वचाउन अहिले पनि धम्की दिने गरिरहेको वताएकी छन् ।

विवेकशील साझा पार्टीको सामाजिक न्याय तथा समावेशिता विभागले संचालन गरिरहेको ‘समता-संवाद-शृंखला’मा शनिवार आफ्नाे अनुभव सुनाउँदै दनुवारले मन्त्रीहरु,नेताहरु चेलिवेटी वेचविखन गर्ने आफ्ना कार्यकर्तालाई छुटाउन धम्की र पैसाको लालच देखाउने गरेकाेउनले बताएकी हुन ।


सवैको सहयोगमा मात्रै निकृष्ट चेलिवेटी र मानव वेचविखन विरुद्धका दलाल,विचौलियाहरुलाई जेल कोच्न सकिने उल्लेख गदै सबैकाे सहकार्यमा मात्रै दाेषीलाई कारबाही  गर्न सकिने बताइन् । याे जालो तोड्न सकिने भन्दै सबैसँग सहयोगको याचना दनुवारले गरिन् ।

समता-संवादमा वोल्दै केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले समानता, समावेशीता, सामाजिक न्याय र मानव मर्यादाका विभिन्न पाटाहरुवारे पार्टीले प्राथमिकताका साथ काम गरिरहेको वताए ।  ‘हामी समता अभियानमा अग्रभागमा रहेर काम गरिरहेका छौ, सोही वमोजिम यस क्षेत्रका अभियन्ताहरुलाई निम्त्याउदै समतामुलक संवृद्धि अभियानमा उहाँहरुको अनुभव ग्रहण गर्न समता-संवाद-शृंखला संचालन गरिरहेका छौ, सामाजिक न्याय तथा समावेशसीता विभागका प्रमुख समेत रहेका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले उल्लेख गरे ।

१४ वर्षको उमेरमै वेचिएकी दनुवार उद्धार गरिएपछि महिला बेचबिखन विरुद्ध निरन्तर लागिपरेकी अभियन्ता हुन । उनी चर्चित अन्तरास्ट्रिय पुरस्कारहरु ‘डेमोक्रेसी एण्ड ह्युमन राइट्स’ र ‘ट्राफिकिङ्ग इन पर्सन हिरो’ टिआइपी-हिरो २०१८ बिजेता हुन्।

दनुवारले बेचिएपछि भोग्नुपरेको दर्दनाक जीवनकथा समेटेर लेखेको पुस्तक ‘आँसुको शक्ति’ हृदयबिदारक छ। समता संवाद शृंखलामा यसअघि चर्चित पुरस्कार फ्रिडम फ्रम फियर विजेता पूर्वकमलरी उर्मिला चौधरी, प्रभावकारी उत्प्रेरक दृष्टी विहीन श्रृष्टी केसी,वादी महिला आन्दोलनकी संघर्षशील नेतृ उमादेवी वादी लगायतलाई मुख्य वक्ताको रुपमा प्रस्तुत गरिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank