संयुक्त राजनीतिक दलित संघर्ष समिति विभाजन : छुटाछुटै विरोधसभा

दलित अनलाईन ९ असार २०७७, मंगलवार १३:५२

काठमाडौं—राजनीतिक दलको माउँपार्टीले भातृसंगठन बनाउनु कुनै नाैलाे विषय होइन । तर राजनीतिक दलको खल्ती इसाराबाट बडो बेइमानीपूर्ण ढंगले भातृसंगठन परिचालित हुनु भातृसंगठनको अस्तित्व समाप्त पार्नु हो । हो यस्तै भएको छ, संयुक्त राजनीतिक दलित संघर्ष समितिभित्र पनि ।
नेपालको राजनीतिक दलमा कथित दलितहरुको जस्तै अरु जातको भातृसङगठन छन् । तर अरु जातको भातृसंगठनमा एकरुपता कामकाज र दबाबको शैली बेग्लै छ । धेरै कुरामा सशक्त र बेग्लै भएकै कारण दलित भातृसंगठनको हैसियतभन्दा दशौ गुणा बढी हुन अन्य भातृसंगठनको अग्रमामी छलाङ्ग हो । तर सधै उस्तै टालटुले र रैथाने लम्पसारवादले नेपालको दलित आन्दोलन शिथिल हुने अवस्थामा छ । राजनीतिक दलभित्र जातीयताको नारा दिएर बनेको भातृसंगठन मध्ये सबैभन्दा कमजोर उत्पीडित दलितलाई दोस्रो दर्जाको राजनीतिक कार्यकर्ता ठान्नु नै दलित भातृसंगठनको लागि अभिसाप नै हो ।
राजनीतिक दलको माउँपार्टीले मुलधारको राजनीतिमा समान हैसियत कायम हुन नदिनु नै पार्टीभित्र जात व्यवस्थाको अर्को अघोषित रुपमा मौलाउँदै गरेको जात व्यवस्थाको जड हो । केहीलाई झोले र टिके प्रथामा थामथुम पार्नु नै पार्टीभित्र जात व्यवस्थाको बालीघरे प्रथा हो । नोपलको दलित आन्दोलन यही शिराबाट विगतदेखि वर्तमानसम्म आइपुगेको छ ।
आफ्नो लागि अवसर, मानप्रष्ठिासँग समुदायगत हित र सम्मानलाई सौदावाजी गर्नु । स्वार्थपूर्तिका लागि परम्परागत पुरातन खसआर्य नेतृत्वसँग मुख बन्द गर्नु । जस्तोसुकै जघन्य अपराध, मानवअधिकार हनन् र हत्याहिंसामा समेत मालिकको आदेश कुर्नु । तालिम दिएर कुकुर, बिरालो, सुगा र अन्य जनावरलाई मालिकले जे आदेश गर्छ । त्यहि भन्न, गर्न पोख्त पारिएको हुन्छ । ठीक त्यसैगरी दलितका बालीघरेहरु शासक नेतृत्वबाट निर्देशित÷परिचालित हुन बाध्य छन् । कथित दलित अगुवाहरु नेता वा नेतृत्व भन्न पनि लायक छैनन् ।
जेठ १० गते अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित रुपमा दलित युवाहरुको विभत्स हत्याकाण्ड भएको एक महिना भइसकेको छ । जातका निहुँमा भएको यो क्रूरु मानवताविरोधी अपराधको देश तथा विदेशबाट समेत विरोध भइरहेको छ । निकै प्रचारबाजी, होहल्ला गरेर एक संघर्ष समिति गठन गरियो । समिति गठन हुँदा सत्तापक्ष, प्रतिपक्ष सबै एकै ठाँउमा थिए । तर नेपाली कांग्रेस निकट भातृसंगठन दलित संघले घटनाको विरोधमा प्रतिपक्षका हिसावले ११ गते नै आफुँ लगायत साना दलहरु निकट भातृसंगठनलाई साथ लिएर संयुक्त राजनीतिक दलित संघर्ष समितिको ब्यानरमा हत्याको विरोध गरेपछि सत्तासिन दलको भातृसंगठन नेपाल दलित मुक्ति संगठन सडकमा आएन ।
सत्तापक्ष भएपनि समुदायको मुद्दामा एकरुपता हुन सकिने ठाउँमा समेत विगतमा गठन भएको संयुक्त राजनीतिक दलित संघर्ष समितिका पहिला बनाएको आचारसहित, पदीय जिम्मेवारीको ढुगो नलागई नेपाली कांग्रेस निकट नेपाल दलित संघले आफ्नो मनोमानी गरेकै कारण संयुक्त आन्दोलन हुन नसकेको नेपाल दलित मुक्ति संगठन नेता गणेश विश्वकर्माको दावी छ । संगठनको हिसाबले प्रेस विज्ञप्तीसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने घटनाको चौतफी विरोध गर्दागदै पनि संगठनमाथि नै नेपाल दलित संघले गलत प्रचारवादी गरी संगठनलाई बदनाम गर्न खोजेको विश्वकर्माले जानकारी दिए । ‘हामीले धेरै पटक संयुक्त आन्दोलनको लागि छलफल ग¥यौं, तर उहाँहरु नै कित्ताकट गरी हामीलाई बाइपास गरी योजनावद्ध ढंगबाट अघि बढेपछि हामीले विरोधका कार्यक्रम सार्वजनिक गरेका हौं ।’
संयुक्त राजनीति दलित संघर्ष समिति नाम दिएर एकीकृत आन्दोलनको तयारी गर्ने गरी तीन जनाको कार्यदल बन्यो । कार्यदलमा नेकपाबाट गणेश विश्वकर्मा, नेपाली कांग्रेसबाट जीवन परियार र जनता समाजवादी पार्टीबाट रणबहादुर रम्तेल छन् । कार्यदलको एकपटक संयुक्त आन्दोलनको विषयमा बैठक बसी आन्दोलनको कार्यक्रम बनाउन खोज्दै गर्दा भातृ संगठनका दलित नेताहरुबीच कुरो नमिलेपछि फेरी बैठक नबसी छुटाछुटै संघर्षका कार्यक्रमहरु सार्वजनिक भए ।
सडकमा विभिन्न संस्थाहरु र संयुक्त राजनीतिक दलित संघर्ष समितिको नाम दिएर आन्दोलनको ब्यानर देखिएपनि मान्छे निकै कम छन् । संयुक्त राजनीतिक दलित संघर्ष समिति भनेको मुख्यपार्टीभित्र १० दलित घटक संगठनहरुको संयुक्त मोर्चा हो । तर यो मोर्चा खास रुपमा दलितमाथि हत्याका श्रृंखलाबद्ध घटनाहरु सार्वजनिक हुँदा समेत आफ्नो भूमिकालाई फराकिलो बनाउन नसक्ने दलित भातृसंगठनहरु र दलित नेताहरुको बाहुनवादी दरिद्रभन्दा कम छैन ।
सत्तापक्षका दलित नेताहरुलाई तत्काल सडकमा आउँदा समस्या हुन सक्ने र जातीय आधारमा भएको नरसंहारयुक्त घटनामा सत्तासिन दलका दलित नेताहरुसँग पटक पटक भेटवार्ता छलफल गर्दा समेत सरकारकै पक्षबाट वकालत गर्न दलित नेताहरु लागेपछि आफुहरुले पहिला नै बनेको संयुक्त राजनीतिक दलित संघर्ष समितिको ब्यानरमा सबै भातृसंगठनलाई राखेर छलफल विरोध कार्यक्रमहरु निरन्तर गरेको नेपाली कांग्रेसका नेता जीवन परियारले बताए । ‘एक पटक होइन, धेरै पटक सत्तासिन दलका दलित नेताहरुलाई आग्रह गरियो, तर उहाँहरु पनि सरकारी भाषा बोल्न थालेपछि हामीले आन्दोलनलाई अगाडी बढाएका हौं’
देश दुनियाँले देखेकै छ । नवराज वि.क. सहित ६ जना युवालाई कसरी मारियो ? घट्ना कसरी भयो ? भन्ने कुरा । तर एकल जातीय सेटिङमा चलेको राज्यसत्ताका ढोकेहरुले पोष्टमार्टम रिर्पोट हाँस्यास्पद र उट्पटयाङ आउँदा समेत सडक संघर्ष नआएर घुमारो भाषा बोलेर दलित मुक्ति सम्भव नहुने परियारले बताए । छुटाछुटै आन्दोलनका कार्यक्रम गरेर गएपनि इतिहासले राम्रो मूल्यांकन गर्ने परियारको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank