कलाकार प्रकाश सपुत र सुनिता दुलाल सद्धभावना दूत नियुक्त

दलित अनलाईन ७ श्रावण २०७८, बिहीबार १८:४३

काठमाडौं  —गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सद्धभावना दूतमा नियु्क्त भएका छन् ।

प्राधिकरणले बिहीबार प्राधिकरणको कार्यालय सिंहदरबारमा एक कार्यक्रम आयोजना गर्दै सद्धभावना दूत नियुक्त गरेको घोषणा गरेको हो ।

बाढी पहिरोबाट बढी प्रभावित जिल्लामध्येका दुई जिल्ला बाग्लुङ्ग स्थायी घर भएका गायक सपुत र सिन्धुपाल्चोक स्थायी घर भएकी गायिका दुलाललाई सद्भावना दूतमा नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।

दुवै जनलाई एक वर्षका लागि सद्भावना दूत घोषणा गरिएको प्राधिकरणका सहसचिव अनिता निरौलाले जानकारी गराईन । विपद् जोखिम न्यूनिकरणमा कलाकारको विशेष भूमिका रहने भएकाले उनिहरुलाई सद्भावना दूत नियुक्त गरिएको उनको भनाई छ ।

विपद जोखिम न्यूनकिरण गर्नका लागि चनचेतना फैलाउनका लागि उनिहरुलाई नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता समेत रहेका सहसचिव विश्वप्रकाश अर्यालले बताए । दूत नियुक्त भइसकेपछि दुवै जनाले विपद् जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्राधिकरणले अपेक्षा गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank