सोती हत्या प्रकरण : पीडितहरूको पक्षबाट २४ जना वकिल

दलित अनलाईन ८ असार २०७७, सोमबार १२:५०

काठमाडौं— रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको नरसंहारयुक्त घटनाले देश तरंगित छ । अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट ६ जना युवाहरुको विभत्स हत्या भएपछि एक महिनादेखि दलित समुदाय र अधिकारकर्मीहरु सडक आन्दोलनमा छन् । जातको आधारमा भएको उक्त घटनालाई सबै तहतप्काबाट निकै गम्भिर रुपमा हेरिएको छ ।
छ जनाको विभत्स हत्याको योजनाकार वडाअध्यक्ष ,केटीका बाबु र दाई भएको गृहमन्त्रालयले घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनमा सार्वजनिक गरिसकेको छ । घटनामा संलग्न भएको आरोपितहरुलाई जिल्ला सरकारी वकिलको कार्यालयले चौरजहारी नगरपालिका—८ का वडाध्यक्षसहित ३४ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ । नवराज विककी प्रेमिका भनिएकी १७ वर्षीया युवती र उनका भाइलाई नावालक ठहर गर्दै यसअिघ नै जिल्ला अदालतले सुधार गृहमा राख्ने आदेश दिइसकेको छ । जिल्ला अदालत रुकुममा २७ जना प्रतिवादीको थुनछेक बहस चलिरहेको छ ।
यो बहसमा रूकुम पश्चिमका वकिलहरू जिल्लाको नाता लगाउँदै पीडकको पक्षमा बहसमा उत्रिएका छन् । तर जिल्लाका बरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम लगायत जिल्लाका १२ र काठमाठौंबाट गएका ७ वकिल सहित २० जना वकिलहरु पीडितहरुको पक्षमा उभिएका छन् । सरकारी ५ वकिल गरी २४ जनाले बहस गदै छन् । उनीहरूका तर्फबाट निःशुल्क वकालत गरिरहेका छन् ।


रुकुम पश्चिमका वरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम जिल्लाकै पुरानो र पाका अधिवक्ता हुन् । उनी पीडितको पक्षमा उभिएपछि दोषीहरु उम्किन गाह्रो पर्ने धेरैले अनुमान समेत गरेका छन् । काठमाडौंमा अधिवक्ताको रूपमा बहस गर्दै आएका रामचन्द्र गौतम उनी डाक्टर गौतमका छोरा हुन् । असार १ गतेबाट सुरु भएको जिल्ला अदालतमा नवराजकी प्रेमिका र उनका भाइको थुनछेक बहसमा रामचन्द्र अधिवक्ता थिए । घटनापछि मात्रै रामचन्द्र जाहेरीवाला (मृतक) को पक्षबाट निःशुल्क बहस गर्न काठमाडौंबाट मुसिकोट रूकुम पुगेका हुन् ।सोती घटनापछि त्यसमा राजनीति पनि मिसिएको छ । त्यही राजनीतिक दबाब, प्रलोभन र त्रास न्यायालयमा पनि पर्ने खतरा छ । त्यही कारणले जिल्लाका ५ वकिल प्रतिवादीको पक्षमा बहस गर्न उभिएको छन् । पीडितको पक्षबाट सरकारी वकिल पाँच र १९ जना वकिलले निःशुल्क बहस गदै आएका छन् । जिल्लाका बरिष्ठ अधिवक्ता डाक्टर नवराज गौतम, अधिवक्ता दिनेश त्रिपाठी, ओम आर्याल, इन्द्र आर्याल, मोहन शाहसंकर, श्याम विश्वकर्मा, प्रकाश नेपाली, सुन्दर  सेनी ,पुष्पा पौडेल, बद्रि भुषाल ,रामचन्द्र गौतम ,हरि सुवेदी ,राम शर्मा,यमकुमारी ददेल, त्रिलोकचन्द्र विश्वास लगायत २४ जना वकिलहरुले शुक्रबारदेखि पीडितपक्षबाट बहस सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank