रूकुम हत्या प्रकरण : मृतकका परिवारलाई एक/ एक लाख दिने कर्णाली सरकारको निर्णय

दलित अनलाईन ५ असार २०७७, शुक्रबार २३:०७

काठमाडाैं— रुकुमको चौरजहारी साेतीमा अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित रसामुहिक हत्या गरिएका छ जनाको परिवारलाई एक/एक  लाखका दरले राहत रकम उपलब्ध गराउने  कर्णाली प्रदेश सरकारले निर्णय गरेको छ ।

शुक्रबार  मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठक उक्त निर्णय गरेको हो।  पश्चिम रुकुमको भएको घटनामा ज्यान गुमाएका ६ जनाका परिवारलाई एक/एक  लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ।

घटना भएकाे एक महिनाभन्दा बढीसमयपछि घाइतेहरुको उपचार खर्च र उपाचारमा समेत चासो समेत नदेखाएको प्रदेश सरकारले पीडितहरुकाे  मन जित्न पीडितहरुलाई राहत दिए जस्तो कर्णाली प्रदेश सरकारले गरेको दलित अधिकारर्कीहरुले बताएका छन्।

रुकुम पश्चिममा साेतीमा अन्तरजातीय प्रमे विवाह गर्नेका लागि  जेठ १०  गएका दलित युवासहित  ६ जनाको हत्या गरिएको थियो । जाजरकोटका नवराज विकलगायत ६ जनालाई जेठ १० गते युवती पक्षका गाउँलेहरूकाे सामुहिक र सुनियोजित ढंगबाट हत्या गरी  भेरी नदीमा फालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank