रुकुम घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्छ : प्रचण्ड

दलित अनलाईन ३२ जेष्ठ २०७७, आईतवार ०९:४७

काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम घटनाका दोषीलाई हदैसम्मको कारबाही सिफारिस गर्न समितिलाई आग्रह गरेका छन् ।

घटनाको छानबिनका लागि संघीय संसदले गठन गरेको सांसद देवेन्द्र पौडेल नेतृत्वको समितिसँगको छलफलमा प्रचण्डले सत्यतथ्य पत्ता लगाएर हदैसम्मको कारबाहीको सिफारिस गर्न समितिलाई आग्रह गरेका हुन ।

जनयुद्धको आधार इलाकामा भएको दुखत तथा अमानवीय घटनाले आफूलाई लज्जाबोध भएको बताउँदै प्रचण्डले छानबिन समितिलाई आफू र आफ्नो पार्टीले सम्पूर्ण सहयोग गर्ने बताए । पौडेल नेतृत्वको छानबिन समिति भोलि स्थलगत अध्ययनका लागि रुकुम जाने तयारीमा छ ।

 

अन्तरजातीय प्रेम विवाहको निहुँमा नवराज विकसहितको टोलीलाई सुनियोजित तथा सामुहिक क्रूरु नरसंहरयुक्त घटना घटेपछि सडकदेखि सदनसम्म  चर्को रुपमा विरोध उठेको छ ।

घटनाबारे सत्य, तथ्य र निष्पक्ष छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय समितिले घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिसकेको छ । घटनामा संलग्न रहेको  २८ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सदनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगायतका दलले निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरेपछि सभामुख अग्नि सापकोटाले पौडेल नेतृत्वको समिति गठन गरेर ३० दिनभित्र सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank