रुकुम हत्याको विरुद्ध कविता आन्दोलनमा प्रहरी हस्तक्षेप

दलित अनलाईन ३० जेष्ठ २०७७, शुक्रबार २०:३७

किर्तिपुर— रुकुम सोती हत्या प्रकरणको विरोध गदै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पीडित राष्ट्रिय कमिटीको संयुक्त आयोजनामा किर्तिपुरमा कविहरुले विरोध प्रर्दशन गरेका छन् ।

विहिबार किर्तिपुरको लोकतान्त्रिक चोकमा सडक कविता वाचन मार्फत साङ्केतिक विरोध कार्यक्रम सहभागी दुई कविलाई प्रहरीले प्रकाउ गरेको छ । सामाजिक न्याय र समानता माग गर्दै कविता मार्फत चेतनाको विकास गर्ने हेतुले सो कार्यक्रम गरिएको नेराविसका सह–संयोजक तथा कार्यक्रमका संयोजक रवि सेन्चुरीले बताए । चेतनामा प्रहार नगर िपरिवर्तन सम्भव नभएको र अब साँस्कृतिक रुपान्तरण बिना दलित मुक्ति सम्भव नभएको भन्दै सेन्चुरीले कवि, लेखकको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा उन्मुक्त पुस्ताका कवि केवल विनावीले कविता मार्फत जातिय उत्पीडनले बर्षौ देखि हेपिएका सुमदायले नै यस समाजलाई सबै भन्दा बढि योगदान दिएको पुराएपनि दलित समुदायमाथिको उत्पीडन झनै बढ्दै गएको कवितामार्फत व्यक्त गरे ।

कार्यक्रममा कविहरु प्रकाश गुरागाईँ, शुसिल विके , सौरभ कार्की , कल्पना सुनार ,सरोजदिलु विश्वकर्मा ,छम गुरुङ , चक्रमान विश्वकर्मा , रिवन मगराती , भरतसिंह धामी “लिपुलेक” , प्रकाश भुजेल , दिपा नेपाली , उषा किरण , सुदन दर्नालले जातिय व्यवस्था र रुकुम घटनाका सन्दर्भमा लेखिएका परिवर्तनकारी र जुझारु कविताहरु वाचन गरेका थिए ।

कवि उषाकिरण र राजनीति अनलाईन डटकमका प्रधान सम्पादक लोकेश विश्वकर्मालाई कविता भनिएकै आधारमा प्रहरी प्रशासनले पक्राउ गरेको छ । त्यो दलित चेतनामाथिको नियन्त्रण भएको र त्यो आफुहरुलाई असह्य हुने कवि उषाकिरण र पत्रकार लोकेश विश्वकर्मालाई बिना शर्त छोड्नु पर्ने माग गरेका छन् । उनीहरुलाई तत्काल नछोडिए कडा भन्दा कडा आन्दोलनको विकल्प आफुसँग नभएको आन्दोलनका संयोजक रवि सेन्चुरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank