नेपालमा ब्राम्हणवादी हिन्दू समाजमा जातिय संरचना यति बलियो छ कि हतपत जो कोही यसका विरुद्धमा जान सक्दैन । कोहि गयो भने उनीहरुको भात पानी काटिन सक्छ । जातियताको आधारमा हुने अपराध नै किन नहोस् त्यसलाई ढाकछोप गर्न लागि पर्छन् । चाहे त्यो सामान्य व्यक्ति होस् या पढालेखा वुद्धिजीवी नै किन नहोस् ।
‘भात पाइन’ के हो ?
मधेशी मुलवासी समाजमा मानव समाजलाई जातको नाममा धेरै टुक्रामा विभाजित गरिएको छ । प्रत्येक व्यक्ति जातीय संस्कृति संस्कारको बन्धनबाट मुक्त हुन सकेको छैन । प्रत्येक जाति आफ्नै जातिभित्र जीउन वाध्य छ । तराईमा कोही कसैले यो व्यवस्था भंग गरे उनीहरुलाई सो जातिको मुखिया जसलाई “मान्यजन“ भनेर ब्राम्हण धर्मावलम्वीहरुले नियुक्त गरेको हुन्छ । अन्तरजातिय विवाह लगायतको जात व्यवस्था विरुद्ध कुनै जातिय कानुन उल्लंघन गरेमा सर्वप्रथम त्यो व्यक्तिलाई “भात पानी“ बाट वहिष्कार गरिन्छ । सो सजाय पाएपछि त्यो जात जुन जातमा त्यो जन्मेको छ । उसलाई त्यो जातिले गर्ने भोज भतेर, पुजा पाठ विवाह लगायतको कार्यमा वञ्चित गर्छ । त्यस फैसलाविरुद्ध त्यहि जातको मान्यजनले पुनः उसलाई जातमा लिन तथा भात पानी चलाउन हैसियत अनुसारको आर्थिक, भौतिक, जातिय दण्डपछि सामेल गराउँछ ।
विगतमा बाहुन क्षेत्रीको घरमा जातकै कारण डेरा नपाएर पनि जातिय विभेद तथा छुवाछुतको विरुद्ध मुद्दा भएकै हो तर तीनले दलितविरुद्ध आन्दोलन नै गरेनन् तर रुपा सुनारको घटनामा नेवारहरु आन्दोलित भएपछि केहि नामुद बाहुनहरु खुलेरै जातिय विभेदको समर्थनमा नेवारको साथ खडा छन् । मानौ यी जनैधारीहरुलाई नेवार र दलित जुधाउने यो भन्दा राम्रो अवसर पुनः प्राप्त हुँदैन ।
भर्खरै जातिय कारणले काठमाण्डौको नेवार समुदायको घरमा डेरा नपाएको कारणले रुपा सुनारले घरवेटी सरस्वती प्रधान विरुद्ध जातियविभेद तथा छुवाछुत कसुरको मुद्दा गरेपछि काठमाण्डुको नेवारहरु दलित समुदायविरुद्ध आन्दोलित भएको छ । यसमा सबै स्तरको नेवारहरुले एक्येवद्धता जनाएको छ । हिजोसम्म आफैलाई बौद्ध धर्मको व्याख्याता जातिय विभेद तथा छुवाछुतको विरुद्ध उग्र भाषण गर्नेहरु पनि अमानवीय जातिय विभेद तथा छुवाछुत विरुद्ध विष वमन गरिरहेको छ ।
नेवार समुदायमध्ये केहि राजनितिज्ञ तथा प्रगतिशील व्यक्तिहरु जसले दलितको पक्षमा बोलेका छन्, जातिय विभेद तथा छुवाछुतको विरुद्ध बोलेको छ । त्यस्ता व्यक्तिहरुको नाम लिस्ट तैयार गरेर नेवार समुदायले अब आइन्दा उनीहरुलाई सामाजिक , राजनैतिक वहिष्कार गर्ने घोषणा गरेको छ । त्यसमा श्याम श्रेष्ठ, राजेन्द्र महर्जनहरुको नाम समावेश गरिएको छ । मधेशमा “भात पाइन“ काटे जस्तै नेवारहरुले उनीहरुलाई वहिष्कार गरेको छ । जातीय संस्था कति बलियो हुन्छ, यो घटनाले स्पष्ट गरेको छ ।
विगतमा बाहुन क्षेत्रीको घरमा जातकै कारण डेरा नपाएर पनि जातिय विभेद तथा छुवाछुतको विरुद्ध मुद्दा भएकै हो तर तीनले दलितविरुद्ध आन्दोलन नै गरेनन् तर रुपा सुनारको घटनामा नेवारहरु आन्दोलित भएपछि केहि नामुद बाहुनहरु खुलेरै जातिय विभेदको समर्थनमा नेवारको साथ खडा छन् । मानौ यी जनैधारीहरुलाई नेवार र दलित जुधाउने यो भन्दा राम्रो अवसर पुनः प्राप्त हुँदैन ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचनमा नेवार भोटको लागि स्टन्ट गरेकै हो, तर दलितको सशक्त आन्दोलन पछि माफी माग्नुपर्यो । यो देश कुनै बेला काठमाण्डौको खाल्टो नै थियो होला तर आज नेवारको जनमतले देशको व्यवस्था फेर्नु सक्दैन भनेर उनी पनि पछाडि हटेको छ । नेवार जनजातिले सम्पुर्ण उत्पिडितको नेतृत्व गर्न सक्थे तर उनीहरु जात भन्दा माथि उठ्न सकेनन् ।
Leave a Reply