डर, त्रास र धम्की पाएर शव बुझे : शव जलाउने तयारी हुँदै

दलित अनलाईन १५ जेष्ठ २०७७, बिहीबार १२:१२

काठमाडाैं- अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक सुनियोजित ढंगबाट रुकुम चौरजहारीको हत्या प्रकरण दबाउने दाउले शवहरु परिवारलाई बुझाएर  जवरजस्ती  शव जलाउने तयारी गर्न ठूलाे दबाब स्थानीयहरुले पीडितहरुलाई दिएका छन् । पत्रकार खगेन्द्र सुनारका अनुसार सांसद र स्थानीय वडाअध्यक्षका मान्छेहरु गाउँ-गाउँमा पसेर पीडित दलित परिवारहरुलाई डर, त्रास र धम्की दिएर शव बुझन लगाएका थिए।

पत्रकार खगेन्द्रका अनुसार जतिसक्दो गैर दलितहरुले शवको जलाउन सकियो  भने,त्यति नै घटनामा सजिलो हुने भन्दै धेरै व्यक्तिहरु गाउँ -गाउँमा छिरेर पीडित परिवारलाई शव जलाउन धम्की समेत दिएका छन् । राजनीतिक दलका प्रतिनिधिहरु समेत घटना तोडमोड गर्न खुल्ला रुपमा लविङ गदै हिँडेको सुनारले बताए।

जातीय छुवाछूतकाे निहुँमा भएको पछिल्लो घटना डरलाग्दो क्रुरुतापूर्णकाे एउटा प्रमाण हो, रूकुम हत्या प्रकरणले देखाएकाे छ । यो घटनामा पनि राजनीतिक गन्ध सडकदेखि सदनसम्म अभिव्यक्त भयो । संसदमा बोल्ने अधिकांश सांसदहरुले संसदीय छानबिनको माग गरेपनि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । रुकुम चौरजहारीमा भएको हत्या चार पुगेका छन् । अझै तीन बेपत्ता छन् । देश तथा विदेशबाट जातीय आधारमा भएको रुकुम हत्या प्रकरणको विरोध बढ्दै गएको छ ।

घटनाको दुवै सदनमा सर्वत्र विरोध र कारबाहीको माग भएपछि ठुलो दबाबका बीच जाहेरी दर्ता गरेको छ । तर घटनामा राजनीतिक रंगको प्रभाव राम्रोसँग देखिएको भन्दै दलित समुदायहरुले सत्यतत्थ छानबिनका लागि उच्चस्तरिय छानविन आयोग र संसदीय छानविन गरी पीडित समुदायलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank