नवराज विक हत्या प्रकरण : हत्यारालाई कार्वाहीकाे माग गदै पत्रकार खगेन्द्र सुनार आमरण अनसनमा

दलित अनलाईन १३ जेष्ठ २०७७, मंगलवार १९:३०

काठमाटाैं- रुकुम पश्चिममा अन्तरजातीय विवाहको निहुँमा सुनियोजित ढंगबाट हत्या गरिएको भन्दै घट्नाको सत्यतथ्य छनवीन गरी हत्यारालाई कार्वाहीकाे माग गदै  पत्रकार तथा राष्ट्रिय दलित पत्रकार संघ  कर्णाली प्रदेशका अध्यक्ष खगेन्द्र सुनार आमरण अनसनमा बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको मुख्य गेट अगाडि ३ बजेदेखीआमरणमा  बसेका हुन् । रुकुम पश्चिममा अन्तरजातीय विवाहको निहुँमा सुनिश्चित ढंगबाट हत्या गरिएको भन्दै दुवै सदनमा संसदीय सत्यतथ्य छाविन दोषीलाई कारबाही भएको बेला घटना भएलगतै घटनास्थलमा पुगेका पत्रकार पीडितहरुको पक्षाबाट जाहेरी दर्ता गराउन सूरुदेखि पहल गरे पनि जिल्ला प्रशासन कार्यालय जाहेरी दर्ता भएकाे छैन्।

जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको गाउँलेहरुले सुनिश्चित ढंगबाट हत्या भएकाे छ भने गोविन्द सुनार, सञ्जु विक र गोविन्द साही अझै बेपत्ता छन् ।

उनीहरुको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै संघका कर्णाली प्रदेश अध्यक्ष सुनार मंगलबार अपरान्हदेखि जिल्ला प्रशासन कार्यालय जाजरकोटको मुख्य गेट अगाडि आमरणमा बसेका हुन् ।

नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको  शवहरु पोष्टमार्टम गरिएको छैन । जाजरकोट अस्पतालमा राखिएको  छ । मृतकका आफन्तले सोमबार जिल्ला जिल्ला प्रहरी कार्यालय जाजरकोट अगाडी नाराबाजी गरे ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटकाे जाहेरी दर्ता नगरे पत्रकार सुनारले हत्याराहरुलाई कानुनी कारबाही नभएसम्म र जाहेरी दर्ता नगर्दासम्म आमरण अनसनमा  बस्ने बताए। दलित सुमदायमाथिको विभेदका श्रृखला बढ्दै गएको भन्दै रुकुम पश्चिममाकाे घटनाकाे समयमै कानुनी उपचारमा सरकार नगए देशभर प्रशासन कार्यालयमा दलित समुदायको आन्दोलन सुरु हुने सुनारले चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank