सांसद कृष्णबहादुर थापाले जातिय विभेदलाई प्रश्रय दिदै निकाले विज्ञप्ति

दलित अनलाईन २५ बैशाख २०७७, बिहीबार १३:४५

काठमाडाैं – गण्डकी प्रदेश, कास्की क्षेत्र नं २ का सभासद् तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जातिय विभेदको अभियोगमा पक्राउ परेका अभियुक्तहरुको पक्षमा वकालत र प्रश्रय दिदै  प्रेस विज्ञप्ति जारी गरेका छन ।
थापाले पक्राउ परेका अभियुक्त रामवहादुर जिसी नेकपा वडा नं १६ का सचिवालय सदस्य भएको जनाउँदैसँगै समातिएका अर्का छिमेकी जनक थापालाई पनि विना शर्त रिहाईको माग गदै वुधबार साँझ प्रेस विज्ञप्ति जारी गरेका छन् । थापाले आफ्ना छिमेकी समेत रहेका जिसी र थापालाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको भन्दै सामाजिक न्यायको पक्षमा आवाज उठाईरहेका दलित नेताहरुप्रति अति जातिवादी र षड्यन्त्रकारीको संज्ञा दिएका छन ।
सार्वजनिक जग्गामा वनेको किरियापुत्री भवन प्रयोग गर्न चावी माग्दा स्थानीय कथित ठुलो जातिका केहि व्यक्तिले दलितलाई दिनु हुँदैन भनेर प्रयोग गर्नवाट वञ्चित गरिएपछि त्यसको विरोधमा कानुनी उपचारमा लागेकाहरुलाई सभासद् थापाले सामाजिक सद्भाव धमिल्याउने षड्यन्त्र देखेका छन । केहि उच्छुङ्गल तत्वहरुले जातिय विभेदको नाम दिएर जातिय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी नेता, कार्यकर्ताहरुको षड्यन्त्रले शदीयाैँदेखि भईरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भईरहेको छ,’ उनले विज्ञप्तिमार्फत आपत्ति जनाएका छन । साथै सवैलाई संयमित हुन आग्रह गर्दै सवैले न्याय पाउनुपर्ने वताएका छन ।
सभासद् थापाले लकडाउने उंलघन गर्दै दर्जनौको संख्यामा जिल्ला प्रहरी कार्यालय कास्कीको गेटमा हो हल्ला गर्दै उफ्रिएका जत्थालाई पोखरा १६ का जनताको शान्तिपूर्ण उपस्थिति भन्दै वचाउ गर्ने प्रयास गरेका छन । आफुलाई सर्वहाराको पार्टीको नेता भन्दै पटक पटक राजनीतिक लाभको पदमा पुगेका थापाले जसको पक्राउलाई षड्यन्त्र भनेर दावी गरेका छन, नेकपा १६ का उनै सचिवालय सदस्य रामवहादुर जिसीले समुदायका केहि व्यक्तिवाट मोहन सुनारमाथि जातिय विभेद भएको स्वीकार गरिसकेका छन । किरियापुत्री भवन निर्माण समितिका अध्यक्ष समेत रहेका जिसीले पक्राउ पर्नुअघि आफु सार्वजनिकस्थानमा वनेको किरियापुत्री भवन सवैले प्रयोग गर्न पाउनुपर्छ भन्ने पक्षमा रहेको वताउँदै घटना वारे दुःख र व्यक्तिगततर्फवाट माफि समेत मागेका थिए ।

पोखरा महानगरपालिका वडा नं १६ का वडासदस्य मेहरमान थापाले किरियापुत्री भवनको चावी मागेपछि भएको विवाद वारे छलफल गर्न वसेको वैठकमा केहि व्यक्तिले दलितलाई दिन हुँदैन भनेर विवाद र विभेद गरेका बताएका थिए । स्मरण रहोस, नेकपा जिल्ला कमिटिका सदस्य समेत रहेका पीडित मोहन सुनारले किरियापुत्री भवनको चावी माग्दा नदिएको घटना वारे सभासद् थापालाई जानकारी गराउँदा
चावि दिन्न भनेर भन्न पाईदैन भनेर भनेका वताएका छन र्। मैले शुरुमा किरियापुत्री भवनको चावि पाइन भनेर सभासद् कृष्ण थापालाई जानकारी गराउँदा सवैको सार्वजनिक सम्पति हो, सवैले प्रयोग गर्न पाउनुपर्छ भनेर मेरो पक्षमा वोले,’ पीडित मोहन सुनारले भर्ने पछि विभेदको घटना मिडियामा सार्वजनिक भईसकेपछि सभासद् थापाले मलाई अन्तराष्ट्रिय मान्छे, अन्तराष्ट्रिय अदालतमा गए हुन्छ भन्दै पन्छिन थाले । समस्या समाधान गर्नेतर्फ चासो दिएनन ।’
जातिय विभेदको घटनालाई लिएर प्रकाशित समाचारप्रति सभासद् कृष्ण थापाले समाजमा सवैको आ आफ्नो रिति, मुल्य मान्यता हुन्छन भन्दै मिडियाको काम जातिय सद्भाव कायम राख्ने कि द्धन्द वढाउने ? भनेर टिप्पणी गरेका थिए । जुन टिप्पणीप्रति पोखरा १६ निवासी मञ्जु वस्यालले सार्वजनिक स्थानमा वनेको पार्टी पौवा प्रयोग गर्न पाईदैन भनेर संविधानको कति नम्वर धारामा लेखेको छ सभासद् ज्यू ? भन्दै आपत्ति जनाएपछि थापाले आफ्नो टिप्पणी हटाएका थिए ।
आम जनताको मतदानवाट निर्वाचित भएर सभासद् बनेका थापाले जातिय विभेदको घटनालाई ढाकछोप गर्दै एकतर्फी रुपमा आफ्ना छिमेकी र पार्टी कार्यकर्ताको वचाउमा उत्रिएपछि त्यसप्रति सामाजिक संजालमा धेरैले असन्तुष्टि र आक्रोश जनाएका छन ।
नेपाल दलित पत्रकार महासंघ गण्डकीका अध्यक्ष रेम विश्वकर्माले सभासद् थापालाई दलित समुदायको पनि मत पाएर चुनाव जितेको स्मरण गराउँदै पूर्वाग्राही भएर एकतर्फी वचावटमा नउत्रन खवरदारी गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank