सरकारलाई रचनात्मक सुझाव दिनुस् : सभामुख महरा

दलित अनलाईन १५ आश्विन २०७५, सोमबार १८:०८

काठमाडौं  प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सरकारको आलोचना मात्र गरेर बस्नुभन्दा रचनात्मक सुझाव दिन आग्रह गर्नुभएको छ ।

२८औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सरकारको आलोचनाभन्दा पनि सुझाव आवश्यक रहेका हुन् ।

ज्येष्ठ नागरिकहरुको अनुभव र विचार राष्ट्र निर्माणका लागि आवश्यक रहेको भन्दै सभामुख महराले उनीहरुलाई राज्यले सम्मान दिनुपर्ने पनि बताउनुभयो । ज्येष्ठ नागरिकहरुको हक, अधिकार र संरक्षणका लागि सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान आवश्यक रहेकाले सरकारले उचित वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रिय ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकहरुका लागि राज्यले प्रदान गरेको सहुलियत कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank