अन्तरजातीय प्रेमकाे क्रुरता : समाज बसेर जिम्मा लगाएकाे केही समयमै युवतीकाे हत्या !

टंक सुनार १२ जेष्ठ २०७७, सोमबार १३:४५

रुपन्देही- अन्तरजातीय प्रेमका कारण घरबाट प्रेमिसँग भागेपछि समाज बसेर जिम्मा लगाईदिएकाे केही समयमै देवदहकी दलित समुदायकी एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् ।

देवदह नगरपालिका वडा नम्बर ११ वड्की गुम्वीकी १५ वर्षिया अङ्गीरा पासी झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन । शनिबार दिउँसो देवदह–२ पेटवनिया रोहिणी खोला किनार रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिए । महतका अनुसार शरीरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको, भित्री वस्त्र देखिएको र चप्पल समेत नलगाएको अवस्थामा उनको शव फेला परेको छ ।

अन्तरजातीय प्रेम नै मृत्युको कारण

मृतक अङ्गीरा दलित समुदायकी किशोरी हुन । उनी सोही स्थानका कथित उपल्लो जात मानिने २२ वर्षिय विरेन्द्र भर संग नजिक थिइन । उनै भर संगको सामिप्यता नै अङ्गीराको मृत्युको कारण बन्यो । घटनास्थलमा पुगेका एक प्रहरी हवल्दारका अनुसार अङ्गीरा र विरेन्द्र संगै बसेको स्थानियले देखेपछि जेठ ९ गते राती उनीहरु गाउँबाट भागेका थिए । गाउँबाट भागेका उनीहरुलाई गाउँलले समाते र जेठ १० गते विहान देवदह–११ का वडा अध्यक्ष अमर बहादुर चौधरी सहितको गाउँलेको समुहले अङ्गीरालाई विरेन्द्रको जिम्मा लगाई दिए । समाजले जिम्मा लगाई दिए पछि विरेन्द्रले अङ्गीरालाई आफ्नो घरमा लिएर गएका थिए । विहान स्वीकार गरेर लगिएकी अङ्गीरा सोही दिन मृत अवस्थामा भेटिइन । स्थानियका अनुसार विरेन्द्रकी आमा निकै कडा स्वभावकी छन र उनले अङ्गीरालाई लछारपछार गरिन्। मृतक अङ्गीराको कपडा च्यातिएको भेटिनुले पनि उनलाई हातपात भएको सहजै अनुमान लगाउन सकिन्छ ।

मेरी छोरीको हत्या भयो : अङ्गीराका बावु

मृतक अङ्गीराका वावु वलिराम पासीले आफ्नी छोरीको हत्या गरिएको दावी गरेका छन् । समाज वसेर उमेर नै नपुगेकी छोरीलाई अर्काको जिम्मा लगाउनु समाजको गम्भिर गल्ती भएको उनको आरोप छ । आफुहरु दलित समुदायको भएका कारण आफुनो छोरीको हत्या गरेको बताउँदै दोषीलाई कडा कार्वाही हुनु पर्ने वलिरामले माग गरेका छन् । वडा अध्यक्ष लगायतको निर्णयका कारण अङ्गीराले ज्यान गुमाउनु परेको स्थानियको आरोप छ ।

पन्छिने दाउमा वडा अध्यक्ष

वडा अध्यक्ष चौधरीले भने परिवारकै सदस्यहरुको मञ्जुरीमा केटीलाई केटाको जिम्मा लगाएको बताएका छन् । उनीहरु एक रात हराएपछि समाजमा वदनामी हुन्छ, भविष्यमा केटीलाई अरु कसैले स्वीकार गर्दैन भन्ने परिवारले ठहर गरेर केटाको जिम्मा लगाएको वडा अध्यक्षको दाबी छ । आफु कार्य व्यस्तताका कारण समाजको वैठकमा अन्तीम समय सम्म वस्न नसकेको बताउँदै वडा अध्यक्ष चौधरीले आफ्नो रोहवरमा निर्णय गरिएको भन्ने सत्य नभएको भन्दै घटनाबाट पन्छिन खोजेका छन् । मृतक अङ्गीराको शव इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के भन्छ कानुन ?

नेपालको प्रचलित कानुन अनुसार विवाहका लागि २० बर्ष पुग्नु पर्ने हुन्छ । अङ्गीराको उमेर १५ बर्ष मात्रै छ । यसकारण यो सोझै बाल विवाह हुन आउँछ । अङ्गीराका बुवाका अनुसार अङ्गीरालाई दुव्र्यवहार गरेर आत्महत्या दुरुत्साहान गरेको पनि देखिन्छ । कानुन अनुसार बाल विवाह गराएमा दुई वर्ष सम्म कैद र बीस हजार रुपैयाँ सम्म जरिबाना हुने व्यवस्था छ भने आत्महत्या दुरुत्साहन गरेमा ५ बर्ष कैद हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank