भाेकमरीकै कारण मृत्यु भएका मलरा सदाकाे वस्तीमा २७ घरले पाए राहत

दलित अनलाईन ८ जेष्ठ २०७७, बिहीबार १७:५६

कञ्चनपुर- भाेकमरीकै कारण मलरा सदाकाे मृत्यु भएकाे समाचार बाहिरिएकाेपछि भोलीपल्टै सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी रामपुरका मलर सदाको बस्तीका २७ घर मुसहर समुदायलाई राहत उपलब्ध गराईएको छ ।

भाेकमरीकै कारण मंगलबार कञ्चनरुप नगरपालिका –५ पथरी रामपुरका मलर सदाको मृत्यु भएपछि स्थानीयहरूले चन्दा  उठाएर दाहसंस्कार गरेका थिए । भाेकमरीकै कारण मलरा सदाकाे मृत्यु भएकाे समाचार बाहिरिएपछि भोलीपल्टै बिहीबार दलित सरोकार मञ्च नेपाल,कञ्चनरुप–८ र कृष्णा विद्युत हार्डवेयरका प्रोप्राइटर शालिग्राम गुप्ताले संयुक्त रुपमा राहत उपलब्ध गराएका हुन् ।

खान नपाएर ज्यान गुमाएका सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी रामपुरका मलर सदाको बस्तीका २७ घर मुसहर समुदायलाई बिहीबार राहत वितरण गरिएको छ ।  गरिबीका कारण खान नपाई ज्यान गएका मलर सदा मुसहरकी श्रीमती जलेश्वरी लगायत बस्तीका २७ घरलाई प्रति परिवार २५ किलो चामल,२ किलो दाल,ढेड लिटर तेल,४ पिस साबुन वितरण गरिएको मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले बताए ।

संयोजक पासवानका अनुसार यसअघि पनि मञ्चले सोही वडाका पिप्रापूर्वका ५० घर मुसहर समुदायलाई एक महिना पहिले स्टोरिज अफ नेपाल समुदायको सहयोगमा राहत वितरण गरेको थियो । नगरपालिकामा खान नपाएर मान्छे मर्नु पर्ने स्थिती सिर्जना भएको भन्दै कृष्णा विद्युत हार्डवेयरका प्रोप्राइटर शालिग्राम गुप्ताले लकडाउनले विपन्न नागरिकलाई जीवन धान्न कठिन भएको बताए । राहत थोरै भएपनि राहत पाएको स्थानीय विश्वनाथ सदाले बताए । उनले भने,‘हाम्रो वडामा मात्रै चार ओटा मुसहर बस्ती छ । नगरपालिकाले एक पटक मात्रै राहत दिएकोले कोरोनाले भन्दा भोकले मर्ने स्थिति छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank