पातिको राज्याभिषेक

प्रकाश तिवारी ३ जेष्ठ २०७७, शनिबार ११:३७

एअरपोर्र्टबाट फर्किदा रञ्जितले कलेज पढ्दाका दिनहरू सम्झिन थाल्यो । तिनताका रञ्जित र सुनैना सँगै हिँड्थे, खान्थे, बस्थे । उनीहरूको बढ्दो सामिप्यता दखेर अन्य सहपाठीहरू ईष्र्या गर्थे । यो कुरा रञ्जितको घरसम्म पुग्यो । सुनैनासँगको बढ्दो हिमचिम
रञ्जितका बाबुआमालाई मन परेका थिएन ।
‘धेरै सम्झाएँ, छोराको बुद्धि फि¥यो भनेको फेरि उस्तै ! हामी बाहुन, सुनैना डोली बोक्ने घर्तीकी छोरी ! जातभात, रितिरिवाज क्यै मिल्दैन । सबै तिमेरका कुरा गर्चन् । तँ ऊसित लठारिएर हिन्चस् रे !’ आमा सीताको गुनासो हुन्थ्यो ।
‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन !’ हाम्रा महाकवि यसै भन्थे । सुनैना तल्लो जातकी भए पनि ऊ मेरी जीवनसाथी हुन योग्य छे । ढिलो चाँडो म उसैसित बिहा गर्चु आमा !’ रञ्जितले नडराई जवाफ दिएको थियो ।
‘कविहरू लहडी हुन्चन् । लहडमा जे पनि लेख्चन् ! समाज कविताले हैन परम्परा र रितिरिवाजले चल्च । कलेजका कक्षा कोठा र नेताका भाषणमा समानता र स्वतन्त्रताको जति गुड्डी हाँकिए पनि जातीयता समाजको यथार्थ हो । त्यसैले सुनैनालाई बिर्सिदे ।’ बाबु उत्तमले पनि सम्झाएको थियो । तर रञ्जित र सुनैना पछाडि फर्किन नसक्ने बिन्दुमा पुगेका थिए । पछाडि फर्कनु र पानीबाट माछा अलग गर्नु उस्तैउस्तै हुन्थ्यो । सुनैना सपनामा दुलही बनेर आउँथी । रञ्जितसँग साथै जिउने साथै मर्ने वाचा–कसम खान्थी । ‘तिम्रो अभावमा म तत्क्षण मृत्युवरण गर्नेछु !’ ऊ भन्थी । एकातिर जन्म दिने मातापिताको आनाकानी , अर्कोतिर पे्रममा जातीयता निषेध गरी देखाउन चाहने भावुक जवानी ! एक रात रञ्जित किंकर्तव्यविमूढ हुँदै ओछ्यानमा पल्टिएको थियो । घरि ओल्लो घरि पल्लो कोल्टो गर्दागर्दै ऊ स्वप्निल संसारमा विचरण गर्न पुग्योे ।
दृष्य थियो– झुल्के घामका लालिमा किरणहरूले वातावरणमा नयाँ उच्छ् वास छरिरहेको थियो । रञ्जित प्रिय सुनैनाको साथ बोटानिकल गार्डेनमा घुमिरहेका थियो । ‘हेर त जताततै संभ्रान्त फूलहरू मुस्कुराइरहेका ! संभ्रान्त फूल ! अर्थात् सयपत्री, मखमली, गुलाफ अनि कमल ! खै त यहाँ हामीले देउरालीमा चढाउँदै आएको पाती ? मालीको नजरमा कुन गुलाफ, कुन पाती ? ए माली ! तँ किन यति विभेदकारी ? किन लगाइनस् तैले बगैँचामा हरियो पाती ?’ सुनैनाले दुखेसो पोखी ।

मानिसमा जस्तै बगैंंचाका फूलहरूमा पनि वर्गीय र जातीय विभेद कति सारो चर्को ? मानिसमा शूद्र ‘दमै– कामी’ ! जनावरमा शूद्र सुँगुर ! फूलमा शूद्र पाती ! एक्काइसाैँ शताब्दीमा पाइला टेकेको मानिसले निकाल्ने निश्कर्ष यस्तै हुन सक्छ र ?

सुनैनालाई बगैँचामा हरियो पातीको बोट हेर्ने रहर थियो । उनीहरू बगैचाको चारै कुना चहारे तर कहीँ कतै ‘पाती’ भेटिएन । ‘ विविधतायुक्त प्रकृतिको आँगनमा पनि किन यति विभेदकारी माली !’
सुनैना भुट्भुटिई ।
‘हो सुनैना ! प्रकृति जगतको सबैभन्दा ठुलो पाठशाला हो । भेदभावरहित उसको आँगनमा हजाराैँ प्रजातिका फूलहरू एकसाथ फुलिरहन्छन् । के सयपत्री, के मखमली, के बुकी, के उनिऊँ । प्रकृतिले कहिल्यै कुनै फूललाई फुल्नबाट निषेध गरेन । तर मानिसले भने सयपत्रीलाई गमलामा रोप्यो, पातीलाई जरैदेखि उखेलेर फाल्यो ! मानिसमा जस्तै बगैंंचाका फूलहरूमा पनि वर्गीय र जातीय विभेद कति सारो चर्को ? मानिसमा शूद्र ‘दमै– कामी’ ! जनावरमा शूद्र सुँगुर ! फूलमा शूद्र पाती ! एक्काइसाैँ शताब्दीमा पाइला टेकेको मानिसले निकाल्ने निश्कर्ष यस्तै हुन सक्छ र ?
किन मानिस प्रकृतिको काखमा जातीयताको कृत्रिम बीज रोप्न खोज्छ !’ सुनैना रञ्जितको कुरामा सहमत थिइ । रञ्जित बोल्दै थियो । एक आवाज आयो । आवाज मानिसको जस्तै थियो । ‘सुन त रञ्जित ! कोही बोलेको आवाज आइरहेछ ।’ सुनैनालै भनी । दुबैले चौतर्फी नजर दौडाए तर कोही देखिएन । फेरि अर्को सन्देश आयो– ‘सुन् मनुवा ! तँ अबुझ होस् । शठ होस् । नादान होस् ! आज म तँलाई फूलको जातीयताबारे तैँले आजसम्म नसुनेको कुरा भन्छु । त्यो छोउँछोउँ, टिपुँटिपुँ लाग्ने सुन्दर फूल गुलाफ फूलहरूको माथिल्लो जाति हो ! मानिसको माथिल्लो जाति ब्राह्मण भएजस्तै ! अनि सयपत्री क्षत्री, कमल वैश्य, पाती शूद्र !’ ध्वनि विचित्रको थियो ।
शीत ऋतुको समय थियो । बोटबिरुवा र झारपातहरू आफ्ना अङ् गबाट रात्रिकालीन शीत टक्टक्याउने तरखरमा थिए । उनीहरू बगैँचाबाट बाहिर निक्ले । रञ्जितका आँखा शूद्र भनिएको फूल ‘पाती’माथि परे । गेटको ठीक अगाडि पातीको बुट्यान आँखाबाट अश्रुधारा बगाउँदै रोइरहेझैँ लाग्दथ्यो । रञ्जित र सुनैनाले उसका आँखाबाट झरिरहेको आँसु पुछिदिए । मायालु हातले सुम्सुम्याए । पहिलोपटक कसैको हातबाट यति गाढा प्रेम पाएकोमा पाती खुसी हुँदै आफ्नै भाषा र लयमा बोल्न थाल्यो ।
पातीले बयान दियो–‘देख्नेहरूको नजरमा म पनि यौटा फूल ! तर मेरो दुर्भाग्य ! मैले कहिल्यै लाल रङ्गमा फूल्ने सौभाग्य पाइनँ । बगैँचाका सम्भ्रान्त फूलहरूसँग कुममा कुम जोडी भलाकुसारी गर्न पाइनँ ! रङ्गका पुजारीहरूको पहिलो रोजाइमा कहिल्यै पर्न सकिनँ । म एक तितेपाती ।

फूलहरूको समाजमा सीमान्तकृत प्रजाति ! म पुग्छु बिरलै भगवानको शिरमाथि ! मन्दिर मेरा लागि विरानो मुलुक !’ पातीको मर्मस्पर्शी बयानले रञ्जितको मन छोयो । फूलहरूमाझको जातीय विभेद देखेर उसको मन उद्वेलित भयो । अनायास उसका आँखा रसाउन थाले । उसले बगिरहको आँसु पुछ्यो अनि पातीको बोटलाई पे्रमसाथ सुमसुम्यायो । उसलाई पातीको त्यो बिरुवा घरमा लगेर हुर्काउन मन लाग्यो । तब उसले त्यसलाई घरको गमलामा लगेर सा¥यो ।
बोटानिकल गार्डेनको मूल गेट अगाडि पालेझैँ ठिङ्ग उभिएर पनि मानिसको नजरमा बिरलै पर्ने त्यस ‘शूद्र फूल’ घरको गमलामा सजिन सौभाग्य पाएकोमा दङ्ग थियो । रञ्जितले पातीलाई मलजल, गोडमेल गरी हुर्कायो । मायालु हातको स्याहारसुसार पाएर अपहेलित पाती दिनदिनै मौलाउँदै गयो । हाँगाबिँगाहरू झाँगिदै गए । असीम प्रेमले द्रविभूत उसका ओठहरू चलमलाउन थाले ।
पाती भावुक भयो–‘पानीझैँ समय युगाैँदेखि अविरल प्रवाहित छ । पहराको कठोर छातीलाई छेदन गर्दै मैदान पुगेको नदीजस्तै हिजो र आजको मेरो जीवनका पानाहरूमा कति धेरै भिन्नता ? मेरो परिभाषामा वर्तमान भन्नु मायाको सागर ! विगत उपहासको ढुङ्गे बगर !’ आफ्नो विगतलाई वर्तमानसँग तुलना गर्दै पाती गुनगुनायो ।
उता ‘रञ्जितको घरको गमलामा अति सुन्दर पाती छ रे !’ हल्ला सर्वत्र फैलिन थाल्यो । ‘पाती पनि यति सुन्दर हुँदोरहेछ !’ देख्नेहरू यसै भन्थे । पाती बिस्तारै बिस्तारै ब्यापक चर्चाको विषय बन्दै गयो । उसका बीजहरूबाट छेउछाउमा थुप्रै सन्ततीहरू पैदा भए ।
‘तँ त्याज्यबाट पूज्य भइस् । शूद्रबाट ब्राह्मण बनिस्। तेरो यात्रा अझै टुङ्गिएको छैन । तँ अब रैतीबाट राजा बन्नुछ । एक दिन तँ भारत वर्षको राजा हुनेछस् । नसोध् के यो सम्भव छ ? याद

गर् महामानवका वचनहरू– संसारमा असम्भव केही छैन !’ यो अभियानमा म तेरो सारथी बन्नेछु । तेरो शिरमा मुकुट परेको दिन गिनिज बुकमा नयाँ दस्ताबेज लेखाउनेछु !’ रञ्जितले उद्घोष ग¥यो । रञ्जितमा विचित्रको रहर जाग्यो । उसले पातीको राज्याभिषेक गर्ने विचार ग¥यो । राज्याभिषेक कार्यक्रममा उपस्थित हुन निम्ता बाँडियो । पातीको राज्याभिषेकका लागि घर नजिकैको चौरमा भव्य मञ्च बनाइयो । मञ्चको बिच भागमा कलात्मक सिंहासन तयार गरियो ।
राज्या भिषेकको दिन कार्यक्रमस्थलमा आमन्त्रितहरू खचाखच भरिएका थिए । वातावरण उल्लासमय थियो । मङ्गल धुनसंगै कार्यक्रम सुरू भयो । बटुकहरूले मङ्गलवाचन गरे । पातीको गमला राज सिंहासनमा लगेर राखियो । रञ्जितले पातीको शिरमा श्रीपेच पहि¥याइदियो ।
पातीको राज्याभिषकको घटनालाई हेर्ने दृष्टिकोण सबैको एउटै थिएन । ‘शूद्र फूललाई मुकुट पहि¥याउने मूर्ख !’ भन्दै गाली दिने दिन र ‘वल डन !’ भन्नेहरू सराबरी थिए ।
‘पातीको शिरमा मुकुट एउटा बिम्ब हो । समाजका तिरस्कृत, बहिस्कृत र सीमान्तकृतप्रतिको सम्मानको प्रतीक हो यो । युग परिवर्तनको आँधीले शूद्र सम्झी किनारामा फ्याँकिएकालाई कुनै दिन शासन सत्ताका सर्वाेच्च स्थानमा पु¥याउन सक्छ भन्ने कुराको द्योतक हो यो । त्यसैले आउनुस् आज जातीयताको अन्तिम सतगती गराैँ अनि भनौ– संसारका सबै मानव एक हाैँ !’ रञ्जितले थप उद्घोष ग¥यो । सुनैनाले रञ्जितको स्वरमा स्वर मिलाई । ‘पातीको पनि राज्याभिषेक ! कहीँ नभएको जात्रा हाँडिगाउँमा… !’
असहमत हुनेले खिसी गरे । कार्यक्रमको समापन हुँदै थियो । त्यति नै बेला मञ्चमा भयानक विष्फोट भयो । विष्फोटमा परी पातीको गमलाको नामोनिशान

हरायो । रञ्जित बेजोडले चिच्यायो– ‘षडयन्त्र ! षड्यन्त्र ! घोर षड्यन्त्र !’ ऊ चर्को आवाजमा करायो । चिच्याहटसँगै निद्राबाट झल्याँस्स बिउँझियो ।
सुनैनासँग प्रेमको मुना पलाउँदै गर्दा रञ्जितले देखेको सपना थियो त्यो । घर नपुग्दासम्म रञ्जित त्यही स्वप्निल संसारमा विचरण गरिरह्यो ।
सपनाजस्तै सुनैना र उसको सम्बन्ध पनि एकादेशको कहानी बनेकोमा उसलाई असह्य पीडा भयो ।

(प्रस्तुत लेख तिवारीको पछिल्लो उपन्यास ‘निहारिका’ बाट साभार गरिएको हो । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank