धनकुटामा दलित बालिकाको बलात्कारपछि ५ महिनाको गर्भ बस्यो : २ जना फरार, २ पक्राउ

दलित अनलाईन २ जेष्ठ २०७७, शुक्रबार १३:४९

धनकुटा– धनकुटा नगरपालिका वडा नं.६ स्थित आत्माराकी १३ वर्षीया एक दलित बालिका बलात्कारपछि ५ महिनाको गर्भ  बसेको घटना सार्वजनिक भएको छ ।
स्थानीय राजनीतिक दल र शैक्षिक तथा सामाजिक क्षेत्रका प्रतिष्ठित भनिएका ४ जनाले पटकपटक जबरजस्तीकरणी गरेपछि बालिकाको पाँच महिनाको गर्भ बसेपछि स्थानीय र बालिकाबाट सार्वजनिक भएको हो ।
पीडित बालिकालाई मदन अधिकारी, गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरले पटक पटक जबरजस्ती यौन सम्पर्क गरेको र कसैलाई भनेमा नराम्रो हुने धम्की दिने गरेको खुलेको छ । १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने मदन अधिकारी, कचिडेका भक्तबहादुर मगर ललाईफकाई गरी यौन शोषण गर्दै आएको खुलेको हो ।

स्थानीयको पहलमा जिल्ला प्रहरी कार्यालय धनकुटामा आजै दर्ता  भएको  उजुरी लगतै  २ जनालाई पक्राउ गरेको छ भने सो घटनामा संलग्न भनिएका मदन अधिकारीसहित अर्का एक जना फरार रहेका छन् । देवेन्द्र श्रेष्ठ र भक्तबहादुर मगरलाई  २ जनालाई प्रहरीले आवश्यक अनुसनधान गरिरहेको र फरार भएका अन्य २ जनालाई खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुव श्रेष्ठले बताए । श्रेष्ठले उजुरी परिसकेकाले ऐन अनुसार अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाइने बताए ।

घटनामा संलग्न ४ जना व्यक्तिहरुले घटनालाई ढाकछोप गर्न बालिकाको बुवालाई प्रति व्यक्ति ३ लाख रुपैयाँको दरले पैसा दिएर कसुर छिपाउन खाजेको निज बालिकाको बुवालाई पनि डरधाक देखाएर मान्न बाध्य पार्न खोजेको बुझिएको छ ।
दलित पत्रकार संघ प्रदेश १ का अध्यक्ष तथा धनकुटाका दलित अधिकारकर्मी नैन रूचालका अनुसार ४ जना अभियुक्तह बिरूद्व मुद्दा दर्ता भईसकेको , तर पक्राउ नगरिएको जानकारी दिइन् । घट्ना अत्यन्त दर्दानक र निन्दनिय छ । अझै पनि मिलापत्र गराउन दबाब दिईरहेको बुझिएको हुदा ,तत्काल आज २०७७ जेठ २ गते बिहान धनकुटाका दलित संघसंस्थाहरू,र दलित अधिकारकर्मीहरूको बैठक बसी पिडक ४ जनालाई पक्राउ गरि कारबाही अगाडि बढाउने जानकारी रूचालले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank