पाेखरा घटनाकाे सत्यतथ्य छाविन गरी दाेषीमाथि कारबाही लागि राष्ट्रिय मानव अधिकार आयोगमा पत्र

दलित डेक्स ३० बैशाख २०७७, मंगलवार २३:०९

काठमाडाै- दलित नागरिक समाजले पाेखरा घटनाकाे गम्भिरतापूर्वक  सत्यतथ्य छाविनन गरी दाेषीमाथि कारबाही हुनुपर्ने माग गदै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

मंगलबार दलित नागरिक समाज र  दलित गैरसरकारी संस्था महासंघकाे पहलमा ३ बुँदे मागसहित राष्ट्रिय मानव अधिकार आयोगका माननीय  प्रकाश वस्तीलाई ध्यानकर्षण पत्र बुझाएको हो ।

दलित गैरसरकारी संस्था महासंघका कार्यबाहक अध्यक्ष भक्त विश्वकर्माको अगुवाईमा राष्ट्रिय मानअधिकार आयोगको ध्यानाकर्षण गराउँदै मुद्दा दर्ता भएपछि पनि घटनामा संलग्नका आफन्तहरुले पीडित परिवारलाई अनेक धाक, धम्की डरत्रास दिई मानसिक तनाब दिएकाे हुँदा आयोगले सत्यतथ्य छाविनन गरी दाेषीमाथि कारबाही हुनुपर्ने माग आयोगसँग गरेका छन् ।

ध्यानकर्षण पत्र भनिएको छ ,सो घट्नालाई अझ तनावग्रस्त बनाउन त्यहाँका क्षेत्री समाजका नाममा संगठित व्यक्तिहरुको समूहले संविधान र कानूनलाई चुनौति दिदै प्रहरी चौकीमा गई झडपको अवस्था सिर्जना गरेका थिए । उक्त घट्नालाई एक जिम्मेवार जनप्रतिनीधिको हैसियतमा समाधन गर्नु पर्नेमा गण्डकी प्रदेशसभा सांसद् कृष्णबहादुर थापाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिले आफ्नो सहोदर भाई गुमाएर शोकमा डुबेका मोहनकुमार सुनार र उनको परिवारलाई मात्र होइन सिंगो दलित समुदायको मानमद्र्धनमा ठेस पु¥याउने काम भएको छ । उक्त भेदभावपूर्ण कार्य र सो कार्यलाई उद्वेलित गर्ने बक्तव्यले मानव अधिकारको विश्वव्यापी घोषणापत्रले प्रत्याभूत गरेको समानता र सम्मानपूर्ण बाँच्न पाउने मानव अधिकार, नेपालको संविधान, छुवाछूत तथा भेदवाव (कसुर र सजाय) ऐन २०६८ ले प्रत्याभूत गरेको नीजि तथा सार्वजनिक स्थानमा विभेद गर्न नपाउने अधिकार विरुद्धको अपराधपूर्ण कार्य भएकोले यस घटनाको गम्भिरतापूर्वक  सत्यतथ्य छाविन गरी दाेषीमाथि कारबाही हाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank