चीनले दियाे ४० हजार कीट र स्वास्थ्य सामग्री

दलित अनलाईन २९ बैशाख २०७७, सोमबार १३:२५

काठमाडौं – चीनको अनुदानमा नेपाल ल्याइएको मेडिकल सामग्री सरकारलाई  हस्तान्तरण गरिएको छ । सोमबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम आयोजना गरी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले मन्त्री भानुभक्त ढकाललाई मेडिकल सामग्री हस्तान्तरण गरेकी हुन्।

शुक्रबार र शनिबार चीनबाट स्वास्थ्य सामग्री नेपाल ल्याइएको थियो । चीनले नेपाललाई दिएका स्वाथ्य सामग्रीमा ४० हजार पीसीआर टेस्ट कीट, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख, डिस्पोजेबल कभरल १० हजार थान रहेका छन्।

हतान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले चीनले सधैं नेपाललाई अप्ठ्यारो परेका बेला सहयोग गर्दै आएको र आपतमा सहयोग गर्ने नै असल छिमेकी भएको भन्दै चीनको प्रशंसा गरे।

 त्यसैगरी स्वास्थ्य सामग्ररी हस्तान्तरण गर्दै राजदूत यान्छीले केही महिना पहिला चीनलाई संकट पर्दा नेपालले सहयोग गरेको  र नेपाललाई पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । नेपालको संकटमा चीन सदैव साथ रहेको भन्दै राजदूत यान्छीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank