देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे

दलित अनलाईन २६ भाद्र २०८०, मंगलवार १०:४७

काठमाडौं—  सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताएका छन् ।

उनले  नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका नेम्वाङको  निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको  छ भने । “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।

दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank