लकडाउनको स्वरुपबारे समितिले भोलि मात्रै मस्यौदा टुंगो लगाउने

दलित अनलाईन २२ बैशाख २०७७, सोमबार २०:०६

काठमाडाैं-कोभिड–१९ उच्च स्तरीय समितिले वैशाख २५ पछि लकडाउनको स्वरुप परिवर्तन गर्ने विषयमा मंगलबार मात्रै मस्यौदा तयार गरी सरकारलाई बुझाउने बताएको छ।

समितिको सोमबार बसेको बैठकमा कुनै निर्णय नभएको सदस्यसचिव नारायणप्रसाद बिडारीले बताए। ‘वैशाख २५ पछि कसरी जाने भन्नेबारे आन्तरिक गृहकार्य र विश्लेषणको सिलसिला जारी छ। आज कुनै निर्णय भएन,’ उनले भने, ‘आज समीक्षात्मक बैठक भयो। अहिले गरिरहेका प्रयासहरु सही दिशामा रहेको निश्कर्ष छ।’

अझै दुई–तीन दिनमा प्रदेश, स्थानीय तहबाट सुझाव लिएर वैशाख २५ पछि कसरी अघि बढ्ने भनेर टुंगो लगाइने उनले बताए। सदस्यसचिव बिडारीले मंगलबार बस्ने बैठकले त्यसबारे निर्णय गर्नसक्ने बताए।

‘उच्चस्तरीय समितिले विज्ञहरुसहित बसेर अध्ययन गरिरहेको छ,’ उनले भने, ‘भोलिपनि उच्चस्तरीय समितिको बैठक छ। त्यसले मस्यौदा जारी गरी सरकारलाई प्रस्ताव गरिने विश्वास छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank