कांभ्रे – खानीखोला गाउँपालिका वडा नं ५ तालढुङ्गा कांभ्रेका विनोद नेपालीमाथि जातीय आधारमा गाली गलौज गरी निर्घात रुपमा कुटपिट भएको छ ।
बुधबार आफ्नो घर नजिकै रहेको बत्तीको पोल सम्बन्धमा भएको बैठकमा गएर बसेको केही बेरमा सोही वडाका फणिन्द्र तिमल्सिनाले एक्कासी फलामे पाइप र रेन्चीले विनोदमाथि प्रहार गरी कुटपिट गरेका हुन् । तिमल्सिनाको कुटाइपछि विनोदको टाउकोमा गहिरो चोट लागेको छ । उनको स्थानीय अस्पतामा उपचार भइरहेको छ । भाई विनोद नेपालीलाई छुटाउन पुगेकी उनको दिदी चनमती नेपालीलाई समेत फणिन्द्रले लछार–पछार गरेका छन् ।
पीडित विनोद नेपाली जातीय आधारमा गाली गरी कुटपिट गर्ने तिमल्सिनालाई कारबाहीको माग गदै प्रहरी चौकी तालढुङ्गमा निवेदन दिएका छन् । आफुमाथि कुटपिट गर्नेमाथि प्रशासनीक कारबाही हुनुपर्ने भन्दै पीडित नेपालीले निवेदन दिएका हुन् । पीडित नेपालीले आफुमाथि हातपात गरी घाईत बनाउने तिमल्सिनामाथि कारबाही हुनुपर्ने बताए । पीडित नेपालीले गाउँपालिकबाट एम्बुलेन्स विग्रिए निहुँ बनाउँदै जातीय विभेद गरिएको बताए ।
गाउँपालिका अध्यक्ष
खानीखोला गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खुलालले हिजो भएको घटनाको पहिलो प्राथमिकता विरामीको उपचार हुनुपर्ने भन्दै सबै व्यवस्था मिलाएर उपचारको लागि विरामी जिल्ला पठाएको दलित अनलाईनसँग बताए । ‘लकडाउनको समयमै पहिलादेखि विवाद भएको बक्तिको पोलको विवादले घटना निम्त्यायो ,उपचार पहिला गरौं ।’
गाउँपालिकाको एम्बुलेन्स विग्रिएको कारण समयमै उपचार गर्न नसकिएको बताउँदै अध्यक्ष खुलालले मोटरसाइकलबाटै उपचारको लागि जिल्ला पठाएको बताए । आफुहरुले कुनै जातीय आधारमा विभेद नगरेको अध्यक्ष खुलाल दावी गरे ।
प्रहरी भन्छन्
घटनाको विषयलाई लिएर पीडित विनोद नेपालीले प्रहरी चौकी वडा नं ५ तालढुङ्गामा निवेदन दिएका छन् । उनको निवेदनमा कारबाहीको माग गरिएको भन्दै चौकीले घटनालाई गम्भिर रुपमा हेरेको र विहिबार नै गाउँपालिको अध्यक्ष सहित सबै बसेर छलफल गरी पीडितको उपचारपछि थप अनुसन्धान गर्ने प्रहरी चौकी तालढुङ्गा काभ्रेका असाई विरबहादुर कार्कीले बताए । घटना जातीय भन्दा पनि जग्गामा रहेको विजुलीको पोलको विषयमा विवाद भएको असई काकीले बताए ।
Leave a Reply