परियार सेवा समाज रुपन्देहीले बाँड्याे ८५ परिवारलाई राहत

दलित अनलाईन १३ बैशाख २०७७, शनिबार १८:०९

बुटवल-परियार सेवा समाज रुपन्देहीले विपन्न तथा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्दै आएका बुटवल ६ सुन्दरनगरमा ८५ घरपरिवारलाई राहात वितरण गरेको छ ।

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण मूलूक बन्दाबन्दीमा भएपछि दैनिक गासको असहजता भएका परिवारलाई राहात वितरण गरिएको समाजले जनाएको छ ।

 बुटवल ६ सुन्दनगर स्थित बस्तीमा प्रतिपरिवार ५ केजी चामल, १ केजी दाल, चिनि लगायतका दैनिक उपभोग्यबस्तुहरु राहात स्वरुप वितरण गरिएको हो । राहात वितरण भएपनि सुुकुमबासी तथा दलित सिमान्तकृत समुदायको बाक्लो बासोबास भएको क्षेत्रमा राहात स्वरुप परियार समाजले सहयोग गरेको संघका जिल्ला अध्यक्ष लोक बहादुर नेपालीले जानकारी दिए ।

संविधानसभा सदस्य विनोद पहाडी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनाल, बुटवल वडा न. ६ का जनप्रतिनिधि विरमान लामा, पाल्पाली समाजका रुपन्देही अध्यक्ष पदम कार्की, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसि, परियार सेवा समाज रुपन्देहीका सल्लाहाकार रामकुरमार रणपाल, अर्का सल्लाहाकार सरोज गौतम, नेपाल कपडा तथा सिलाई व्यवसायी संघका अध्यक्ष सुवास परियार, बुटवल नगर अध्यक्ष राजेन्द्र यादव, सुन्दर टोल विकास संस्था सदस्य शान्ता रणपाल लगायतको उपस्थिती थियो ।

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिव तथा विपन्न समुदायलाई थोरै भएपनि असहज स्थितीमा सहयोग गरेको परियार सेवा समाजलाई स्थानीय आभार प्रकट गरेका छन् । उक्त राहात वितरणमा संस्थाका सल्लाहाकार रामकुमार रणपालले १५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank