आरडीटी जाँचमा २ जनाको रिपोर्ट पोजेटिभ

दलित अनलाईन ९ बैशाख २०७७, मंगलवार १०:४२

कैलाली – सुदूरपश्चिम प्रदेशमा आरडीटी जाँचमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सामाजिक बिकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले कोरोना भाइरस मिडिया ब्रिफिङ्गमा सो कुरा जानकारी दिएको हो ।  आरडीटी जाँचवाट २ जनाको रिपोर्ट पोजिटिभ आए पनि एक जनाको भने पिसिआरमा जाँच गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए । अर्का व्यतिmको भने रिपोर्ट खाली आएको उनले बताए । आरडीटी किट बाट एकै दिनमा ५९८ जनाको चेकजाँच गरिएको र सवैको रिपोर्ट नेगेटिभ आएको उनले जानकारी दिए ।

अहिले ९ वटै जिल्लामा आरडीटी चेकजाँच भइरहेको र अहिलेसम्म ६१७७ जनाको चेकजाँच गर्दा ६१७५ जनाको रिपोर्ट नेगेटिभ आएको कार्कीले जानकारी दिए ।

अझै १०५९८ आरडिटी किट स्टक रहेको उनले वताए । त्यसैगरी क्वारेन्टाईनमा १४९० मध्य १३३३ जना पुरुष र १५७ जना महिला रहेको उनले बताए ।  आइसोलेसन वार्डमा ६ जनाको उपचार भइरहेको र ९८ जना भने सामान्य उपचारपछि घर फर्किसकेको उनले वताए ।

धनगढीमा स्थापना गरिएको पिसिआर मेसिनबाट अहिलेसम्म २७२ वटा जाँच भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ५ जना पोजेटिभ मध्ये एक जना निको भएर घर गइसकेका छन् भने ४ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank