ईट्टा उद्योगमा काम गर्ने ३७ गन्धर्व परिवार सहित २ सयलाई राहत वितरण

दलित अनलाईन ८ बैशाख २०७७, सोमबार २०:०२

काठमाडौं ललितपुर र भक्तपुरका विभिन्न ईट्टा उद्योगमा काम गर्ने गन्धर्व समुदायका मजदुरहरुलाई गन्धर्व संस्थाहरुले राहत वितरण गरेका छन् ।

गन्धर्व सांस्कृति कला संगठन, गन्धर्व समाज नेपाल, सारङी इन्टरप्राइजेज तथा केदार फुड क्याम्पको सहयोगमा दाङ जिल्लाबाट काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ईट्टा उद्योगमा मजदुरकारुपमा काम गर्ने ३७ परिवारलाई राहत वितरण गरिएको सारङी इन्टरप्राइजेजका अध्यक्ष केदार गान्धारीले जानकारी दिनुभयो । अध्यक्ष गान्धारीले अहिलेसम्म २०० परिवारलाई राहत वितरण गरिएको बताए ।

उद्योगमा काम गर्ने सिजन नसकिदै कोभिड—१९ को जोखिम कम गर्न सरकारले देशैभरि लकडाउन गरेपछि मजदुरहरु बन्दाबन्दीमा परेका थिए । गन्धर्व सांस्कृति कला संगठनका सचिव सन्तोष गन्धर्वको सहजिकरणमा संस्थाले चामल, दाल, नुन, तेल र सावुन उपलव्ध गराएको थियो । काठमाडौंको ठमेलका रिक्सा चालक, तथा विपन्न परिवार, काठमाडौंमा डेरा गरि बस्ने गन्धर्व समुदाय, तनहुँ र लमजुङका गन्धर्व बस्तीहरुमा राहत वितरण गरेको गन्धर्व सांस्कृति कला संगठनका अध्यक्ष पुजन गन्धर्वले जानकारी दिए । फुड क्याम्पले काठमाडौंको सिउँजाटारमा २ महिनाकी सुत्केरीलाई एक महिनाकालागि आवश्यक सामग्री उपलव्ध गराएको गन्धर्व समाज नेपालीकी उपाध्यक्ष पम्पा गान्धारीले जानकारी दिइन् । संस्थाका कोषाध्यक्ष अमृत गान्धारी अति विपन्न परिवारलाई ग्यास सिलिन्डर उपलव्ध गराएको बताए । पिडित सम्म सामाग्री उपलव्ध गराउन संस्थाका सदस्य सुरेश गान्धारी, सुवास गान्धारी तथा जिवन गन्धर्वले आवश्यक सहयोग गरिरहेको गान्धारीले बताए । बालाजुमा रहेको क्रिटिना स्टारले निशुल्क सवारी साधनको व्यवस्था गरेको संस्थाले जनाएको छ । सुचना प्राप्त भएअनुसार काठमाडौंका विभिन्न स्थानमा दैनिक उपभोग्य बस्तु उपलव्ध गराउने कार्य जारी रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank