सांसद पार्वती विशुन्खेले ५७ जनालाई काठमाडाैंमै राहत दिइन्

दलित अनलाईन ७ बैशाख २०७७, आईतवार २०:४७

काठमाडाैं – ज्याला मजदुरी गर्न, उपचार गर्न र काम विशेषले दैलेखबाट काठमाडौं पुगेर लकडाउनका कारण त्यहाँ खान बस्नको असुविधा भोगिरहेका दैलेखीहरुलाई प्रतिनिधिसभा सांसद पार्वती विशुन्खेले काठमाण्डौंमा राहत सहयोग जुटाएकी छिन् ।
रिसर्च फाउण्डेशनका अध्यक्ष विनोद अधिकारी, सचिव नारायण अधिकारी र सदस्य नवराज अधिकारी सहितको आर्थिक सहयोगमा काठमाडौंको भक्त्तपुर, गठ्ठाघर, सिंनाहामंगल र ललितपुरका गरी ५७ जनालाई चामल, दाल, नुन र तेल राहत हस्तान्तरण गरिएको उनले जानकारी दिइन् ।
कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनमा परी संकटमा पर्नु भएका जिल्लाबासीहरुलाई मानवीयता र जनप्रतिनिधि हुनुको नाताले व्यक्तिगत र अरु सहयोगी हातहरुको समन्वयमा उक्त राहत वितरण गरिएको सांसद विशुन्खेले बताइन् ।
राहत वितरण कार्यक्रममा पूर्व सांसद विनोदकुमार शाह, दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही, रिसर्च फाउण्डेशनका अध्यक्ष विनोद अधिकारी लगायतको उपस्थिति थियो । पराई ठाउँमा अप्ठ्यारोको बेला भेटेको र गरेको सहयोग ठूलै लाग्दो रहेछ, गुराँस गाउँपालिका–३ खड्कबाडाका कर्णबहादुर विकले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank