दलित र धर्म परिवर्तन !

चन्देश्वर दास २९ चैत्र २०७६, शनिबार १३:२८

हिन्दूधर्मले अति तल्लो दर्जामा राखेको अति शुद्रहरुको समुह जो शिल्पको कार्य गर्दछ उनीहरुलाई पानी नचल्ने अछुत बनाएर त्यसलाइ धर्म सँंग जोडेर दिर्घजीवि बनाइएको छ । विगत २ हजार वर्षदेखि यो समुदायलाइ समाज र मुलधारको राजनैतिकबाट टाढा राखिदै आएको छ ।

विश्वमा विभिन्न किसिमको विभेद अस्तित्वमा थियो र छ । ती सबै विभेद कुरीतिहरु समाप्त भै सक्यो र केहि हुने क्रममा छ तर भारत वर्षमा जाति विभेद र छुवाछुत विगत २ हजार वर्षदेखि अस्तित्वमा छ । यसको प्रमुख कारण ब्राह्मणहरुको वर्चस्वमा रहेको बाहुन धर्म नै प्रमुख हो । त्यसकारण यो प्रथा हिन्दूधर्मको अस्तित्व रहुन्जेल रहने निश्चित छ ।

हिन्दूधर्मकै अंगको रुपमा रहेको यी अछुतहरुको संख्या दिनप्रतिदिन घट्दो छ । कारण भारत वर्षमा सबैभन्दा वढि धर्म परिवर्तन गर्ने समुदाय नै दलितहरु हो जो द्रुतगतिमा धर्मपरिवर्तन गरिरहे पनि यसको रोकथामको लागि कुनै उपाय अपनाइएको छैन मानौ यिनिहरु हिन्दूधर्मको अँंग नै होइन ।भारतवर्षको सबैभन्दा पुरानो धर्म नै वैदिक धर्म हो जसमा चातुर्वणय वर्णव्यवस्था छ । युरेसियाबाट भारतवर्षमा प्रवेश गरेपछि विकसित गरिएको धर्म हो , जसलाई आजकल वैदिक,सनातन,तथा हिन्दूधर्म को नामले चिनाइन्छ , मुस्लिम इसाइहरु निकै पछि यस छेत्रमा फैलिएको धर्म हो जसमा बहुसंख्यक दलितहरु नै धर्मपरिवर्तन गरि मुस्लिम तथा इसाइ भएका छन् ।
इसाइ धर्मावलम्बीको पछिल्लो तथ्यांक अनुसार नेपालमा इसाइको जनसंख्या ३५ लाख रहेको दावी गरेको छ,जसमध्ये ६६५ दलितहरु नै रहेको तथ्यांकमा उल्लेखित छ । कतैकतै इसाइलाई दलितको धर्म भनेर पनि होच्याउने अपमानित गर्ने गरेको पाइन्छ ।

भारत वर्षमा इस्लाम धर्मको कारण पनि तथाकथित उच्च जातिय हिन्दू धर्मावलम्बीको अन्याय र अत्याचार जाति विभेद र छुवाछुतको कारणले इस्लाम फैलिएको भन्दा फरक पर्दैन । मुगलकालमा मुस्लिम मुगलहरुले गैरमुस्लिम समुदायमाथि जजिया नामक कर लगाएपछि गरिव दलितहरु कर तिर्नै नसकेर इस्लाम धर्म स्वीकार गरेको तथ्यहरु पाइन्छ । अर्कोतर्फ हिन्दूधर्ममा हुने जातिविभेद र छुवाछुतको कारणले हुने अपमान सहन गर्न नसकेर इस्लाम धर्म अँगाल्नेहरुको कमी छैन जसमा सबैभन्दा वढि दलितहरु नै छन् ।

नेपालमा इस्लामको इतिहास नामक पुस्तकमा मुस्लिमले गर्ने पेशा भनेर सिकर्मी ,डकर्मी ,हजाम ,कसाइ ,धुनिया ,हलुवाइ ,रंगरेज ,धोवि ,पथ्थरकट्टा चुरौटे चुरिहार दर्जि ,नट भाट इत्यादि पेशा गर्ने भनेर उल्लेखित छ जुन पेशा वर्तमानमा दलित तथा पिछडिएको समुदायले गर्दै आएको छ । यसले पनि सिद्ध हुन्छ कि मुस्लिम समुदायमा पनि अधिकांश पुर्वको अछुतहरु नै बहुसंख्यक रहेको छ । नेपाल सरकारको सरकारी तथ्यांक अनुसार अहिले नेपालमा ४५ मुस्लिमको आवादि छ र ती मुस्लिमहरुको छुट्टै समुह कलस्टर कायम हरि आरक्षण लगायतको सेवा सुविधा पाइरहेको छ ।

युरेसियाबाट भारतवर्षमा प्रवेश गरेपछि विकसित गरिएको धर्म हो , जसलाई आजकल वैदिक,सनातन,तथा हिन्दूधर्म को नामले चिनाइन्छ , मुस्लिम इसाइहरु निकै पछि यस छेत्रमा फैलिएको धर्म हो जसमा बहुसंख्यक दलितहरु नै धर्मपरिवर्तन गरि मुस्लिम तथा इसाइ भएका छन् ।

नेपाल प्रहरीको प्रतिवेदन अनुसार बलात्कारको घटनामा सबैभन्दा बढी उत्पीड़न र बलात्कार दलित महिलासँग हुन्छ भने सबैभन्दा कम बलात्कार हुनेमा मुस्लिम महिला नै पर्छ किनकि इस्लाम धर्मले सबै मुस्लिमलाई एकै धागोमा बाध्न सफल भएको छ । पुर्वको मुसलमान माथि कुनै घटना घट्यो भने पश्चिमको मुस्लिम लाइ पनि दुःख्छ तर हिन्दूधर्मकै अंगको रुपमा रहेको दलितहरुप्रति उनकै धर्मका कथित उच्च जातिहरु अपराध गर्न सताउन उत्पीड़न दिन सबैभन्दा वढि अगाडि हुन्छ ।

दलितहरु माथिको हिन्दु धर्मावलम्बीद्वारा हुने उत्पीड़न देखेर यिनिहरु पनि हिन्दूधर्म कै अँंग हो ,भन्न सकिने अवस्था छैन । अछुतहरु धर्म परिवर्तन नगरुन हिन्दूधर्ममै रहिरहुन भनेर दैनिक नयाँं नयाँ ऐन कानुनहरु बनाउंदैछ तर त्यहि हिन्दुधर्मालवम्बीहरुले जाति विभेद तथा छुवाछुतको विरुद्धमा कडा कानुनको निर्माण सकिरहेको छैन ,मानौ दलितहरु हिन्दुधर्मावलम्बीहरुले शिकारिले शिकारसंग गर्ने व्यवहार जस्तै व्यवहार गरिरहेको छ । भन्दा अनुचित हुने छैन । हिजोका अछुतहरु आज धर्मपरिवर्तन गरी मुस्लिमको नाममा सम्मानित भएका छन् । भोलि इसाइहरु पनि त्यसैगरि सम्मानित हुने निश्चित छ ।
भारतका संविधान निर्माता तथा युगपुरुष डा अम्वेडकरले हिन्दूधर्म भित्र सम्मान पाउनको लागि  मन्दिर प्रवेश , हिन्दू कोडविल जस्ता धेरै महत्वपूर्ण कार्य गरे तर पनि हिन्दूधर्ममा सम्मान नभेटेपछि आफ्ना अनुयायी सहित बौद्ध धर्ममा दिछित भएका थिए । हिन्दूधर्म जाति व्यवस्थाको जालो हो ,यसमा रहुन्जेल जातिबाट मुक्ति असंभव छ ।  तसर्थ सम्मानको लागि हुलका हुल सामुहिक धर्मपरिवर्तन गरेपनि कुनै आश्चर्य हुनेछैन ।
हिन्दूधर्मको ठेकेदार पण्डित पुरोहितले हिन्दूधर्म बचाउने नाममा करोेडौ रुपैया अंधविश्वासि र अंधश्रध्दा फैलाउनमा खर्च गरिरहेको हुन्छ । महत्वपूर्ण खाद्यान्न यज्ञमा हवन गरि जलाउंँछ तर उनीहरुले जाति विभेद तथा छुवाछुतको विरुद्ध चुं-सम्म बोल्दैन , जातिविभेद र छुवाछुत रहेसम्म उनको वर्चस्व कायम रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank