दलित मुक्ति माेर्चा नेपालको नाम परिवर्तन गरी ´श्रमिक समुदाय मोर्चा नेपाल` : अध्यक्षमा रामलाल विश्वकर्मा

दलित अनलाईन ३० कार्तिक २०७८, मंगलवार १९:५४

काठमाडौं — नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट दलित मुक्ति माेर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलनबाट संगठनको नाम परिवर्तन गरी ´श्रमिक समुदाय मोर्चा नेपाल` राखी भव्य रुपमा सम्पन्न भएको छ ।

कैलालीको धनगढीमा कार्तिक २७  देखि २९ सम्म जारी पाँचौं राष्ट्रिय सम्मेलनले रामलाल बिश्वकर्मा (दैलेख)को अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । पदाधिकारीमा उपाध्यक्ष – जितेन्द्र महरा ( मोरङ), महासचिव – त्रिलोचन बिश्वकर्मा(भोजपुर), सचिव – उमेश सिके ( कास्की), सचिव – रामकुमार पासवान (सिराहा) र कोषाध्यक्ष – जानकी बराह (रुपन्देही) चयन भगरेको छ ।

सम्मेलनले सङ्गठनको नाम परिवर्तन गर्दै ‘श्रमिक समुदाय मोर्चा, नेपाल’ राखी अबको दलित मुक्ति आन्दोलनमा जात व्यवस्था अन्त्य गर्ने संयुक्त मोर्चाबन्दी गदै संयुक्त  आन्दोलन उठन हुनुपर्ने भन्दै त्यसका लागि सबै श्रमिकहरु सबै राजनीतिक दलमा रहेका दलित संगठनबीच मोर्चाबन्दी हुन पनि संयुक्त नामकारण गरिएको श्रमिक समुदाय मोर्चा नेपाल`अध्यक्ष रामलाल बिश्वकर्माले बताए ।

बिश्वकर्माले काम र श्रमका आधारमा राखिएको जात व्यवस्थाले विभेद र असमनता बढाएको निष्कर्षसहित श्रमिक वर्ग र समुदायको भाव झल्किने खालको नाम राखिएको बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank