आज भन्दा झण्डै २ सय वर्ष अगाडिको कुरा हो । भारतको केरला राज्यको अलपपुन्ज भन्ने ठाउँ थियो । त्यहाँको सामन्ती प्रथा अनुसार दलितहरुले सबैभन्दा बढी कर तिर्नु पथ्र्यो । अझ अचम्मको प्रथा त त्यहाँका महिलाहरूले आफ्नो स्तन छोपेर हिँड्न पाउदैन थिए । यदि कसैले स्तन छोपेर हिँड्न चाहे भने त्यस कार्यबापत त्यहाँको राज्यलाई स्तन कर तिर्नुपर्ने हुन्थ्यो । जुन करलाई ‘मुलक्करम’ भनिन्थ्यो । यो प्रथा त्यहाँ लामो समयदेखि लागु थियो । ‘मुलक्करम’ करको विरोध गर्ने आँट कसैको पनि थिएन । यदि कसैले त्यसको विरोध गर्यो भने उनीहरु त्यहाँको राज्यको गुण्डाहरुको सिकार बन्नु पथ्र्यो । यीनै कारणहरुले गर्दा त्यहाँका सुन्दरी महिलाहरुले सबैभन्दा धेरै हिंसा सहनुपथ्र्यो । उनीहरु त्यहाँका हिंस्रक पुरुषहरुबाट बच्नको लागि पनि घर भित्रै बस्न बाध्य हुन्थे ।
त्यही समाजमा ३५ वर्षकी नङ्गेली भन्ने एक महिला आफ्नो परिवारको साथ बस्थिन् । घुँडासम्म लामो कर्ली कपाल भएकी नङ्गेली साँच्चैमा अप्सराजस्ती सुन्दरी थिइन भने उनको परिवार आर्थिक रुपले कमजोर थियो । उनलाई त्यहाँको स्तन कर प्रथा मन परेको थिएन । उनी सुन्दरी भएर जन्मनु अभिसाप होइन भन्ने प्रमाणित गर्न चाहन्थिन् । उनी मुलक्करम वा स्तन कर प्रथाको विरोधमा उभिने साहस बटुल्दै थिइन र त्यसको लागि बलिदान दिन परे पनि पछि नहट्ने सोच बनाएकी थिइन् । उनले त्यहाँका महिला र पुरुषलाई यसको विरोधमा उत्रन बारम्बार भन्थिन् तर कसैले पनि उनको साथ दिन तयार हुन्नथे । दलित न हुन किन सक्थेर त्यहाँको राज्य सँग पङ्गा लिन । अन्तमा, उनी एक्लै भइन् तर स्तन कर र त्यहाँको सामन्ती प्रथाको बारेमा सहन सकिनन् । उनी त्यसको विरुद्धमा एक्लै निस्कने अठोट गरिन् ।
एक दिनको कुरा हो । आफुसँग भएका राम्रा राम्रा लुगा लगाएर आफ्नो पुरै शरीर छोपेर बजार घुम्न निस्किन् । त्यहाँको नियम अनुसार, कुनै पनि महिलाले आफ्नो स्तन ढाकेर हिँड्न चाह्यो भने पहिला कर तिर्नुपर्ने हुन्थ्यो । तर उनले यी सबै कुराको वास्तै गरिनन् । मजाले घुमेर घर फर्किइन् ।
उनले कर नतिरिकन आफ्नो शरीर ढाकेर बाहिर हिँडेको कुरा जब त्यस राज्यमा चैतमासको हुर्हुरे वन डढेल्लोझै फैलियो, केहि बेरमै राजाको कर अधिकारी समक्ष कुरा पुग्यो र उनको दुर्भाग्यको दिन सुरु भइहाल्यो ।
मन्त्री, सांसद बन्नकै लागि सुधारिएका खास्सा गुलाम भएका छन् । आन्दोलनको नाममा पद र पैसाको लागी बराजुहरुको सेवामै व्यस्त र मस्त छन् भने नङ्गेली बन्ने साहस कसैले गर्न सकेका छैनन् ।
अप्सरा जस्ती सुन्दरी नङ्गेलीको नग्न स्तन हेर्न पल्केका निर्दयी पुरुषहरुले करको पक्षमा उभिएर उजुरी गरेपछि कर अधिकारीहरु तुरुन्तै उनको दैलोमा चर्को कर लिन आईपुगे । मुलक्करम कर वा स्तन कर प्लानटेन वृक्षको पातमा पैसा राखेर दिने चलन थियो । त्यही चलन अनुसार कर दिने कुरा गर्दै उनी कर तिर्ने सामाग्रीको जोहो गर्न घरभित्र पसिन् । केहि बेरमा आफ्नो दुवै स्तन काटी प्लानटेनको पातमा राखेर कर तिर्न सङ्घारमा उभिन आएकी उनी रक्ताम्मे भएर ढलिन् । यस्तो अवस्था देखेर कर अधिकारीहरुको सातो उड्यो र त्यहाँबाट भागी हाले । बेहोस भै ढलेकी नङ्गेलीको तत्कालै मृत्यु भयो ।
काममा गएका उनको पति घर फर्किदा उनलाई चितामा राखीसकेका थिए । त्यस्तो दृश्यले विचलित पति श्रीमतिको दन्कदो चितामा हाम फालेर जीउँदै जले र आफुलाई इतिहासमा पहिलो र अन्तिम पुरुष सति बनाए ।
यस घटनाले ठ्लो विद्रोह निम्त्याउने भयले राजाले तुरुन्तै मुलक्करम वा स्तन कर व्यवस्थाकोे खारेजी घोषणा गरे ।
एउटा महिलाको साहस र बलिदानले सयौ वर्षदेखि चलि आएको सामन्ती प्रथाको अन्त्य भयो । त्यस उपरान्त कुनै पनि महिलाले आफ्नो स्तन छोपेर हिँड्न सक्ने भए ।
मैले यो सत्य कथालाई नेपालको दलित आन्दोलनसँग जोड्ने प्रयास गर्दैछु । दलितको नाम लिएर सानातिना आन्दोलन भए तर ती सबै आन्दोलन परनिर्भर थिए र अहिलेसम्म त्यही प्रथा कायम छ । दलित आन्दोलन निर्भर हुुनुको कारणहरु
१.दलित अभियानमा काम गर्ने अभियन्ताहरु आआफ्नो राजनीतिक दलमा आबद्ध भए । ठुला भनिएका राजनीतिक दलमा रहेका दलित नेताहरु बालिघरे बिष्ट र खास्सा गुलामका रुपमा उदयमान भए तर नङ्गेली जस्तै साहसी हुन सकेनन् । जसरी नङ्गेली स्तन करको विरुद्धमा उठिन् त्यसरी नै उनीहरु दलितको मुक्तिको लागि काम गर्नुपर्छ भनेर लागेको देखिदैन । उनीहरु ब्राह्मणवादी शीर्ष नेताको वरिपरि घुम्न र उनीहरुले अह्राएको काम गर्नमै अलमलिएको अवस्था देखिन्छ ।
२.माओवादी सशस्त्र विद्रोहमा ११ सय भन्दा बढी र दोस्रो जनअन्दोलनमा ३ जना दलितले वलिदान दिएका थिए तर यो बलिदानी नङ्गेलीको जस्तो स्तन करको विरुद्धमा वा नेपालको सन्दर्भमा दलितको मुक्तिका लागि नभएर देश र जनताको नाममा ब्राह्मण राज्य निर्माणका लागि दिएको देखिन्छ ।
३. दलितहरुको मुक्तिका लागि दलित केन्द्रित दल बनाउँछौ भन्नेहरु मिठा मिठा नाराहरु दिएर आआफ्नो ब्यक्तिगत स्वार्थमा अलमलिएको देखिन्छ । उनीहरुमा समेत नङ्गेलीमा भएको गुण भेटिदैन ।
४.जसले सामाजिक अभियन्ता भएर दलितको सवालमा आवाज उठाए, आन्दोलन गरेस तिनीहरु आन्दोलनको नाममा विदेशी डलरको पछि लागेको देखिन्छ । यति मात्र होइन, ती व्यक्तिहरु दलितको नामलाई भजाएर आफुहरु विकसित राष्ट्रको नागरिक बनेको भेट्न सकिन्छ । जसरी नङ्गेलीले आफ्नो अमुल्य जीवनको बलिदान स्तन करका विरुद्धमा दिइन् ठ्याक्कै त्यसको विपरित सामाजिक अभियन्ताहरुले आफ्नो जीवन विदेशी नागरिक बन्नलाई समर्पित गरे । दलितको नाममा अहिले उनीहरु यूरोप अमेरिका जस्तो देशमा गुणात्मक जीवन बिताईरहेका छन् ।
दलित आन्दोलनले जसरी नङ्गेलीले स्तन करको विरुद्धमा आफ्नो बलिदान दिइन त्यसरिनै दलितहरुको मुक्तिको लागी बलिदान दिने साहसि ब्यक्ती खोजिरहेको छ ।
यीनै कारणहरुले गर्दा नेपालको दलित आन्दोलन परनिर्भर बनेको छ । आशाको डलरे खेती भएको छ । मन्त्री, सांसद बन्नकै लागि सुधारिएका खास्सा गुलाम भएका छन् । आन्दोलनको नाममा पद र पैसाको लागी बराजुहरुको सेवामै व्यस्त र मस्त छन् भने नङ्गेली बन्ने साहस कसैले गर्न सकेका छैनन् ।
दलित आन्दोलनले खोजेको ब्यक्ती :
१. जसरी नङ्गेली स्तन करको विरुद्धमा निस्वार्थ भावले आफ्नो बलिदान दिएर समाजलाई स्तन कर मुक्त समाज बनाईन त्यस्तै गरी दलितको मुक्तिको लागि, छुवाछूत अन्त्यका लागि, मानविय विभेदका विरुद्धमा सिहदर्बार अगाडी गएर नङ्गेलीले जस्तै बिलिदान दिने ब्यक्तिहरु दलित आन्दोलनले खोजिरहेको छ ।
२.दलित आन्दोलनले जसरी नङ्गेलीले स्तन करको विरुद्धमा आफ्नो बलिदान दिइन त्यसरिनै दलितहरुको मुक्तिको लागी बलिदान दिने साहसि ब्यक्ती खोजिरहेको छ ।
३.दलित आन्दोलनले दलितहरुको शैक्षिक विकासको लागि निरन्तररुपमा काम गर्ने शैक्षिक अभियन्ताको खोजी गरिरहेको छ ।
४.दलित आन्दोलनले आर्थिक उन्नतिको लागि ब्याबसायि र उद्ध्मी बनाउन कला सिकाउने उधमी अभियन्ता खोजिरहेको छ ।
५.दलित आन्दोलनले राज्यको हरेक निकाएमा यो समुदायको पहुछ पुर्याउन एक असल राजनीतिक ब्यक्तित्व खोजी रहेको छ ।
के यस्ता ब्यक्तिहरु पाउन सम्भब छ ? छ भने कडा भन्दा कडा नियमको माग सहित विभेदको अन्त्य सम्भब देखिन्छ नभए हत्ती आयो हात्ती फुस्स भने जस्तै भैइरहने छ ।
Leave a Reply